२ जेठ, काठमाडौँ । रासस ग्रामीण क्षेत्रको विकासका लागि त्यहाँ रहेको ऊर्जालाई सदुपयोग गर्नुपर्नेमा सहभागी वक्ताले जोड दिएका छन ।

ग्रामीण प्रविधि उत्पादक संघ र गाउँपालिका राष्ट्रिय महासंघद्वारा संयुक्त रुपमा अज यहाँ आयोजिते छलफल कार्यक्रममा उनीहरुले गाउँपालिकामा आगामी वर्षका लागि बन्ने नीति, कार्यक्रम र बजेटमा नवीकरणीय ऊर्जालाई समेट्नुपर्ने आवश्यकता औल्याए ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले देशभरका ४६० गाउँपालिकामध्ये ११९ गाउँपालिका अहिलेसम्म पनि ऊर्जाविहीन रहेकाले ग्रामीण क्षेत्रमा ऊर्जाको विकास जरुरी रहेको बताए ।

“ग्रामीण क्षेत्रमा ऊर्जाको विकासका लागि केन्द्रले आर्थिक तथा भौतिक सहयोग गर्न तयार छ,”– उनले भने।

गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले ग्रामीण क्षेत्रको उन्नत्तिका लागि ऊर्जा प्रविधि महत्वपूर्ण भएको उल्लेख गर्दै ग्रामीण क्षेत्रमा ऊर्जाको विकासका लागि गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल गर्नु आवश्यक छ, भने ।

पूर्वमन्त्री गणेश शाहले ग्रामीण क्षेत्रमा ऊर्जाको विकासका लागि सोही गाउँपालिकामा रहेका ऊर्जाको दिगो सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

प्रतिकृया

प्रतिकृया