२ जेठ, काठमाण्डौं । मकालु एयरको विमान दुर्घटनामा मृत्यु भएका पाइलट र कोपाइलटको शव काठमाडौं ल्याइएको छ ।

सिम्रिक एयरको हेलिकोप्टरबाट शव बोकेको हेलिकोप्टर काठमाडौं उडेको एयरका सुर्खेत प्रतिनिधि कमल गौतमले जानकारी दिए।

हेलिकोप्टरमा सहचालक आदित्य नेपालीका बुवा एवं एयरलाइन्सका मालिक फिजुनाथ नेपाली पनि सँगै रहेका छन् । दिउँसो पौने ३ बजे हेलिकोप्टर शिक्षण अस्पताल महाराजगञ्जमा अवतरण हुने गौतमले जानकारी दिए।

घटनास्थलबाट माउन्टेन एयरको हेलिकोप्टरले शव सुर्खेत ल्याएको थियो ।

सिम्रिक एयरको हेलिकोप्टरमा फिजुनाथ सहित नेपाल नागरिक उड्डयन प्राधिकरणका दुई वरिष्ठ अधिकारी सुर्खेत आएका थिए । उनीहरु भने घटनास्थल जाँदैछन् ।

बुधबार बिहान ६: १२ बजे सुर्खेतबाट कार्गो सामान लिएर सिमकोट उडेको मकालु एयरको एजेयू–नाइन–एन सिमकोटदेखि १० दशमलव ७ नटिकल माइल दक्षिण–पश्चिम थार्पुनाथ गाउँपालिकाको बाहुनचौरमा दुर्घटना भएको थियो ।

नेपाल प्रहरीका कर्णाली प्रदेश प्रहरी प्रमुख डीआइजी सुरेश शाहका अनुसार स्थानीयले जहाज देखेको सूचना दिएपछि सिमकोटबाट नेपाल प्रहरीका असई, नागरिक उड्डयन प्राधिकरणका एकजना कर्मचारी र दुई जना मेडिकल सदस्य रहेको टोली त्यहाँ पुगेको थियो ।

टोलीले शव निकाल्न नसकेपछि सिमकोटबाट हेलिकोप्टरमा थप जनशक्ति लिएर हेलिकोप्तर त्यसतर्फ गएको थियो । घटनास्थल समुद्री सतहदेखि १२,८०० फिट उचाईमा अवस्थित छ ।

प्रतिकृया

प्रतिकृया