२ जेठ, काठमाण्डौं । कामिरिता शेर्पाले २२ औं पटक सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान बनाएका छन् ।

सबैभन्दा बढी २२ औँ पटक सगरमाथा चढ्ने व्यक्तिका रुपमा कामिरिताले विश्व कीर्तिमान राखेका हु्न् ।

सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका– ५, थामे का ४८ वर्षीय कामिरिताले आज बिहान ८ बजेर ३० मिनेटमा सगरमाथाको सफल आरोहण गरेका हुन् ।

यसअघि २१ पटकसम्म सगरमाथा आरोहण गरेका आप्पा शेर्पा र फुर्वाटासी शेर्पाले अब हिमाल आरोहण नगर्ने बताइसकेका छन् ।

जसका कारण कामिरिताको यो कीर्तिमान तत्कालै तोडिने सम्भावना न्यून छ । सन् १९९२ देखि सगरमाथा आरोहरण गर्न थालेका कामिरिताले सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए ।

‘रोप फिक्सिङ’ टोलीको नेतृत्व समेत गरेका उनी विश्वकै अनुभवी आरोहीका रुपमा चिनिन्छन् । सन् २०१४ मा उनले संसारकै जोखिमपूर्ण मानिएको पाकिस्तानको माउन्ट केटुको समेत सफल आरोहण गरेका थिए ।

उनले ल्होत्से, चोयु र मनास्लु हिमालको पनि आरोहण गरिसकेका छन् ।

प्रतिकृया

प्रतिकृया