२ जेठ, काठमाण्डौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्नेबारे छलफल गर्न एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ।

एमाले केन्द्रीय कार्यालयले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय कमिटी बैठक बोलाएको हो। एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बुधबार विज्ञप्ति जारी गरी केन्द्रीय कमिटीको नवौं बैठकमा पार्टी एकताको कार्यसूची तय गरिएको जानकारी दिएका छन्।

एमालेले लामो समयपछि केन्द्रीय कमिटीको बैठक बोलाएको हो।

यसअघि एमालेको केन्द्रीय कमिटी बैठक गत असोजमा बसेको थियो। पार्टी एकताबारे बुधबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बैठक बसेको थियो।

दुई अध्यक्षले बिहीबार बिहान पार्टी एकता संयोजन समितिको बैठक बोलाउने सहमति गरेका थिए। यसै विषयमा छलफल गर्न बुधबार बेलुकी ४ बजे एमालेको स्थायी कमिटी र माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक बस्दैछ।

प्रतिकृया

प्रतिकृया