२ जेठ, काठमाडौं । मलेसिया सरकारले गुड्स एण्ड सर्भिस ट्याक्स (जीएसटी) हटाएको छ । महाथिर मोहम्मद प्रधानमन्त्री भएलगतै अर्थ मन्त्रालयले जीएटी हटाउने निर्णय गरेको हो । यो आगामी जुन १ बाट लागू हुनेछ ।

हाल जीएसटी ६ प्रतिशत छ ।

यो निर्णयले गुड्स एण्ड सर्भिस ट्याक्स अर्डर २०१४ मा कर छुटको सूचीमा राखिएका सामान र सेवालाई केही फरक पार्दैन किनभने त्यसमा जिएसटी लाग्दैनथ्यो ।

महाथिर नेतृत्वको गठबन्धनले चुनावका क्रममा हरेक सामान किन्दा लाग्ने ६ प्रतिशत कर हटाउने बाचा गरेको थियो । आलोचकहरुले भने यसले मलेसियाली बजारमा नकारात्मक प्रभाव पर्ने बताएका थिए ।

प्रतिकृया

प्रतिकृया