२ जेठ, काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले ठूलो परिणाममा नक्कली नेपाली नोटसहित ६ जनालाई पक्राउ गरेको छ ।

स्रोतका अनुसार उनीहरुको साथबाट दुई करोड ६० लाख ६३ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद भएको छ ।

परिसर अन्तगरतको प्रहरी प्रभाग, नयाँ बसपार्कको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको स्रोतले बतायो ।

बुधबार अपरान्ह साढे ५ बजे पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गर्ने परिसरले तयारी गरेको छ ।

यी नोटहरु काठमाडौं उपत्यकाको गोंगबु, धापाखेल र बागबजारबाट बरामद गरिएको हो । गोंगबुबाट सोमबार, धापाखेलबाट मंगलबार र बागबजारबाट बुधबार बरामद गरिएको हो ।

नक्कली नोट छाप्ने कारखाना बागबजारमै भेटिएको प्रहरीले स्रोतले बतायो ।

प्रतिकृया

प्रतिकृया