०२ जेष्ठ, काठमाण्डौ । नेपाल–भारतबीचको सम्बन्ध राजनीतिक नेतृत्वमा मोदीको नेपाल भ्रमणपछि निकटता छाएको छ । यद्यपि यी मुलुकबीचका जनस्तरमा भने यसअघि नै सम्बन्ध सुमुधुर रहेको कुटनीतिक क्षेत्रका जानकारहरुले बताउँछन् । ‘सेन्टर फर डिप्लोमेसी एण्ड डेभलप्मेन्ट’ले आयोजना गरेको नेपाल भारत सम्बन्धः सम्भावना र चुनौती विषयक अन्तर्क्रियामा उनीहरुले यस्तो धारणा राखेका हुन् ।

उक्त कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका पूर्वप्रमुख जयराज आचार्यले कुटनीतिको पहिलो काम विश्वास र समझदारी कायम गर्नु रहेको बताएका थिए । उनले ‘नेपाल भारत सम्बन्ध कुटनीतिक बहुआयामिक छ, राजनीतिक नेतृत्व तहमा जाँदा सम्बन्ध ठीकठाक हुन्छ ।

भूराजनीतिमा नेपाल–भारतजसरी एक–अर्काबीच आश्रित भएका छौं, त्यो व्यवहारतः पनि देखिएको छ । नेपालविरुद्ध भारतले गरेको अघोषित नाकाबन्दीले नेपाललाई मात्र नभर्इ भारतलाई पनि घाटा पुर्‍याएको उनको भनार्इ छ ।

कार्यक्रममा अघिल्लोपटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीका सल्लाहकार रहेका गोपाल खनालले भारतको नेपाल हेर्ने दृष्टिकोणमा समान हुनुपर्ने बताए । ‘दुई देशबीचको सम्बन्धमा भूराजनीतिक चुनौतीहरु छन्,’ उनले भने, ‘समान रुपमा अघि बढ्दा दुबैलाई फाईदा पुग्ने छ ।’

उनले पछिल्लोसमय भारतको विदेश नीतिमा परिवर्तन आएको भन्दै त्यसबाट नेपालले फाइदा लिनुपर्ने बताए । ‘अहिले भारतको विदेश नीतिमा परिवर्तन आएको छ, राजनीतिक नेतृत्वमा गएको छ,’ उनले भने, ‘नत्र विश्वकै छैटौं शक्ति राष्ट्रका प्रधानमन्त्रीले नेपाललाई किन यति धेरै महत्व दिए । यसबाट नेपालले पनि फाईदा पुग्छ ।’

मोदीको नेपाल भ्रमणबारे संसदमा छलफल शुरुः नेपाल–भारतबीचको सम्बन्ध नयाँ उचार्इमा पुग्यो

व्यवस्थापिका प्रतिनिधिसभाको सोमबारको बैठकमा भारतीय प्रधानमन्त्रीको नेपालको राजकीय भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटघाट, कुराकानी र सहमतिको विषयमा बहस शुरु भएको छ । बैठकको विशेष समयमा सत्तारूढ दलका सांसदले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले नेपाल–भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको बताएको जिकिर गरेका छन् ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतका दलका सांसदले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण धार्मिक भ्रमण भएको टिप्पणी गर्दै नेपाल र भारतबीच विगतका भएका सहमतिलाई कार्यान्वयमा ल्याउन सम्बन्ध प्रगाढ बनाउनुपर्ने धारणा राखेका छन् ।

यस क्रममा सत्तारूढ नेकपा (एमाले)का सांसद एवम् एमाले उपाध्यक्ष भीमबहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले नेपाल र भारतबीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताए । उनले नेपाल–भारतबीचको सम्बन्ध पारस्परिक हित र समानताका आधारमा समान हैसियतमा अगाडि बढ्ने बताए ।

सत्तारुढ दलले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई बढी मात्रामा राजनीतिक रङ्ग दिए पनि विपक्ष दलका सांसदहरुले भने मोदीको धार्मिक भ्रमण बताए । यद्यपि मोदीको नेपाल भ्रमण सफल रहेको र यसले दुई मुलुकबीचको सम्बन्धलाई थप प्रगाढ गर्नमा सहयोग पुर्याएको साझा धारणा राखेका छन् ।

प्रतिकृया

प्रतिकृया