३ जेठ,काठमाडौँ । । मलेसियाका पूर्व उपप्रधानमन्त्री अन्वार इब्राहिम बुधबार जेलमुक्त भएका छन । भ्रष्टाचार अभियोगमा जेल परेका इब्राहिमलाई सजाय माफी घोषणा गरेर जेलमुक्त गरिएको हो । उहाँलाई जेलमुक्त गरिएपछि ठूलो संख्यामा उहाँका सुभेच्छुकले खुशीयाली मनाउँदै ¥याली निकालेका थिए ।

कालो कोटमा देखिएका ७० वर्षीय अन्वार खुशी हुँदै राजदरबार गएका थिए भने पत्रकारहरूले उनलाई लगातार पछ्याइरहेका थिए । राष्ट्रप्रमुख तथा राजा मोहम्मद पाँचौँले उनलाई पूर्ण माफी दिँदै तत्काल रिहा गर्न लगाएका थिए ।

थुनामुक्त भएपछि आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा अन्वारले आफूलाई विनाशर्त रिहा गरिएको बताए । आफूमाथि लागेको आरोपलाई भने अन्वारले अस्वीकार गर्दै राजनीतिक प्रतिशोध साँधेर गलत आरोप लगाई दण्डित गरिएको बताएका थिए ।

सन् २०१६ देखि अन्वार र पूर्वप्रधानमन्त्री माहाथिर मोहम्मदले संयुक्तरूपमा नाजिब रजाक नेतृत्वको सरकारविरुद्ध मोर्चाबन्दी गर्नुभएको थियो । उहाँहरूको मोर्चाबन्दीबाट बनेको पकाटन हरापन गठबन्धनले गत हप्ता भएको आमनिर्वाचनमा जित हासिल गरेको थियो ।

प्रतिकृया

प्रतिकृया