जेठ ४ । अनिल कपूरका छोरा हर्षवर्धन कपूर फिल्म ‘भावेश जोशी सुपरहिरो’ मार्फत दर्शकमाझ आउँदैछन् । हर्षवर्धनको यो दोस्रो फिल्म हो । हर्षवर्धनले फिल्म ‘मिरजया’ मार्फत बलिउडमा डेब्यू गरेका थिए । यो फिल्म बक्स अफिसमा सुपर फ्लप भएको थियो ।

अहिले संयोग यस्तो परेको छ कि उनको फिल्मको रिलिज डेट र आफ्नै दिदी सोनम कपुर अभिनित फिल्म ‘वीरे दी वेडिङ’ को रिलिज डेटसँगै परेको छ । फिल्म जून १ मा प्रदर्शन हुँदैछ । यो फिल्ममा सोनमकी बहिनी रिया कपूरले लगानी गरेकी छिन् ।

यस अघि २५ मेमा प्रदर्शन गर्ने निर्णय गरिएको हर्षवर्धनको यो फिल्म भावेश जोशी सुपरहिरो’ को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । जसमा फिल्मको प्रदर्शन मिति जून १ उल्लेख गरिएको छ । अब हर्षवर्धन र सोनमको फिल्म एकैदिन प्रदर्शन हुनेछ ।

प्रतिकृया

प्रतिकृया