४ जेठ, काठमाडौँ । चीनको सान्सी प्रान्तले नेपाली प्राध्यापक डा राजिवकुमार झालाई नागरिक दूत नियुक्त गरेको छ ।

नेपालको आर्थिक, सामाजिक, साँस्कृतिकलगायत क्षेत्रमा सहकार्य र सम्बन्ध विकास गरी चीन नेपाल सम्बन्धलाई थप सुदृढ बनाउन झालाई नागरिक दूत नियुक्त गरिएको हो ।

चीनको सान्सी प्रान्तको सियान सहरमा अवस्थित सियान मेडिकल विश्वविद्यालयमा प्राध्यापनरत प्रा डा झालाई सियान प्रान्तीय सरकारको विदेशमामिला सम्बन्धी कार्यालयमार्फत यही मे १६ मा नियुक्त गरिएको हो ।

चीनको कुनै पनि प्रान्तीय सरकारले त्यहाँ लामो समय बसेर विभिन्न क्षेत्रमा विशिष्ठता हासिल गरेका र अन्य देशसँगको सम्बन्ध विकासमा उल्लेखनीय योगदान पुर्याउने विदेशी नागरिकलाई ‘नागरिक दूत’ का रुपमा नियुक्त गर्ने गर्दछ ।

प्रा डा झाले उक्त पदमा नियुक्त भएसँगै आफूले सान्सी प्रान्तको सियान नगरपालिका र नेपालको बुटवल उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाका लागि गरेको प्रस्ताव उक्त प्रान्तको सरकारले स्वीकृत गरेको जानकारी दिए।

गतवर्ष झालाई सियान प्रान्तले चिनियाँ बृहत आयोजना ‘वान वेल्ट वान रोड’ सम्बन्धी नेपालमा सञ्चालन गरिने सम्पूर्ण कार्यक्रम हेर्ने दूतका रुपमा नियुक्त गरेको थियो ।

यस सम्बन्धपछि सियानस्थित ‘सियान युनिभर्सिटी अफ आर्ट एण्ड साइन्स’ ले बुटवल उपमहानगरपालिकाभित्र पर्ने कुनै विश्वविद्यालयसँग मिलेर ‘कन्फ्यूसियस इन्स्टिच्युट’ स्थापना गर्ने र यसमार्फत दुई नगरबीच शिक्षाको क्षेत्रमा सहकार्य र सहयोगको योजना बनाइएको पनि प्राडा झाले जानकारी दिए ।

“सियान नगरपालिका र सियान मेडिकल विश्वविद्यालयको उच्चस्तरीय प्रतिनिधिमण्डल बुटवलको भ्रमणमा जान लागेको छ,” प्राडा झाले भने ।

यसअघि गतवर्ष मात्र प्राडा झालाई सियान प्रान्तले नै चिनियाँ एक बृहत आयोजना ‘वान वेल्ट वान रोड’ सम्बन्धी नेपालमा सञ्चालन गरिने सम्पूर्ण कार्यक्रम हेर्ने दूतका रुपमा नियुक्त गरेको थियो ।

चिनियाँ राष्ट्रपति सि चिनफिङको गृह नगर समेत रहेको सियान चीनको पुरानो ‘सिल्क रोड’ अवधारणाको उत्पत्ति भएको सहर पनि हो । पुरानो ‘सिल्क रोड’ अवधारणा नै चीनको वर्तमान वान वेल्ट वान रोड बृहत आयोजनाको आधुनिक रुप हो ।

प्रतिकृया

प्रतिकृया