तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकता भएपछि अहिले सर्वत्र यसको चर्चा, व्याख्या उपव्याख्या भईरहेको छ । मुलुकको सन्दर्भमा जनताले यस घटनालाई सम्वृद्धीसंग जोडेर हेर्ने गरेका छन । तर पार्टि एकताले आन्तरिक पाटोसंगै विदेश सम्बन्ध अव नेपालको कस्तो हुन्छ भन्ने पनि प्रश्न गर्नेहरु बढेका छन । खासमा नेकपाको संसदमा एकल बहुमत,सरकारमा बहुमत, प्रदेशका ६ वटा सरकार उसकै बहुमत र स्थानिय सरकारमा समेत एकल बहुमत रहेको यो पार्टीले छिमकी देश भारतसंग कस्तो व्यवहार गर्छन त ? अवको दिनमा छिमेकसंग शान्त वातावरणमा सम्बन्ध अघि बढ्छ की वा तनावपुर्ण सक्न्ध रहने संकेत छ भन्ने सवालमा राज ढुंगानाले  नेता तथा विश्लेषक  डा. सुरेन्द्रकुमार झासंग कुराकानी गरेका छन ।

दुई ठुला कम्युनिष्ट पार्टीको एकताले नेपाल–भारत सम्बन्धलाई कस्तो असर पर्छ ?

–यो एउटा आन्तरिक विषय हो । दुईटा उस्तै उस्तै सिदान्त भएका पार्टीहरु गठबन्धन बनाएर चुनाव लडेका थिए । यो पार्टी एक भउर जानु राम्रै हो । यी पार्टीहरु विच उस्तै उस्तै सिदान्त भएकैले पहिल्यै देखि अन्तर संघर्षहरु हुने गर्दथ्यो । अव यस्ता अन्तरसंघर्षलाई पार्टी एकताले निर्मुल गर्छ ।

भनेपछि नेपाल भारतको सम्बन्ध पहिला जसरी नै अघि बढ्छ ?

सांगठनिक हिसावले नेपालमा मात्रै होईन यशियन मुलुकमै यति ठुलो कम्युनिष्ट पार्टी ईतिहासमा यो पहिलो हुने हुदाँ यसको शक्ति अवश्य नै ठुलो छ । र यो बलियो शक्ति भएर पनि आएको छ । जहाँसम्म यी पार्टी ठुलो भएर भारतसंगको सम्बन्ध भोलीको दिनमा जस्तो हाम्रो असंलग्न परराष्ट्र निति छ, निति नै परिवर्तन गर्ने गरीकन अहिलेको नेपाल सरकार अहिलेको यो नेकपाले गर्छ जस्तो लाग्दैन । त्यसमा कुनै निर्णय गर्नुभएको छैन उहाँहरुले । उहाँहरुको सबै बुझ्दाखेरी नेपालको भारतसगको जुन सामरिक सम्बन्ध छ,त्यसमा कुनै असर पर्ला जस्तो मलाई लाग्दैन । यसमा पहिलाकै निरन्तरता हुन्छ जस्तो मलाई लाग्छ ।

यो एकतालाई भारतले पनि सकारात्मक रुपमा लिएको छ भन्ने तपाईको बुझाई हो ?

कुनैपनि ठुला देशमा खासगरी छिमेकी देशहरुको चासो के हुन्छ भने आफ्नो छिमेकी देशमा शसक्त र बलियो राजनितिक दल निर्माण भयो वा बलियो सरकार निर्माण भयो भने उसको चासोको विषयलाई राम्रोसंग राख्न सक्छ । त्यसैले मलाई लाग्छ यी दुईटै छिमेकीको लागि सुखद सन्देश नै हो भन्ने मलाई लाग्छ ।

अव नेपाल कम्युनिष्ट पार्टीले आफ्ने विदेश नितिमा भारतलाई प्रमुख छिमेकी मुलुक मानेर अघि बढ्छ वा निति परिवर्तन गर्छ भन्ने लाग्छ तपाईलाई ?

भारतसंगको सम्बन्ध जुन किसिमको छ त्यो राजनितिक सम्बन्धले मात्रै निर्देशित हुदैन । यसको अन्य आयामहरु छ । प्राचिनतम सम्बन्धको सवाल छ । त्यस्तै सांस्कृतिक,धार्मिक सम्बन्ध बलियो रुपमा स्थापित छ । उता जनस्तरको सम्बन्ध पनि विशेष र अलौकिक रहेको छ ।

सम्बन्धमा नै पुनरावलोकन गर्नेगरी अर्को कुनै निर्णय होला ?

म के देख्दैछु भने नेपाल कम्युनिष्ट पार्टीको सरकार छ नेपालमा उहाँहरुले परराष्ट्र निति भन्ने बितिकै सम्पुर्ण नेपाल को निति हो । त्यसैले मलाई लाग्दैन कि उहाँहरुले सम्बन्धमा नै पुनरावलोकन गर्नेगरी अर्को कुनै निर्णय लिनुहोला भन्ने मैले देखेको छैन । अहिलेको नयाँ पाटी भएपनि पुरानै नेता र पुरानै दल भएको कारण उहाँहरुको भारतका नेता र समग्र भारतसंग राम्रै सम्बन्ध छ । त्यसैले नेपाल र भारतको भुराजनितिक अवस्था बुझाई नै दुईटै राजनितिक दलहरुको एउटै रहेकोले कुनै समस्या आउछ भन्ने मलाई चाँही लाग्दैन ।

प्रतिकृया

प्रतिकृया