६ जेठ । काठमाडौंमा भैरहेको एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको चौथो दिन प्रदेश नम्बर ४ ले प्रदेश नम्बर १ लाई ३ सय ११ रनको लक्ष्य दिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजनामा भैरहेको प्रतियोगिता अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला व्याटिङ गरेको प्रदेश ४ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय १० रन बनाएको हो ।

प्रदेश ४ का लागि हरि चौहानले सतक बनाए भने सुमन घिमिरेले ८३ रन जोडेका थिए । १ सय २९ रन बनाउँदा ५ विकेट गुमाएको प्रदेश ४ लाई चौहान र घिमिरेको साझेदारीले ठूलो स्कोरमा पुर्याएको हो । यसैगरी मन्जिल न्यौपानेले २८, आकाश थापाले १९ तथा अनिल गुरुङले १३ रन जोडेका थिए ।

प्रदेश १ का पुष्प थापा र सन्दीप ढुंगानाले २–२ तथा मनोज तामाङ र मनिस थापाले एक एक विकेट लिए ।

त्यस्तै, मूलपानी क्रिकेट मैदानमा प्रदेश ५ र ७ बीच प्रतिस्पर्धा भैरहेको छ । वर्षाका कारण खेल ३८ ओभरमा छोट्याइएको छ । अहिले प्रदेश नम्बर ७ ले टस जितेर व्याटिङ गरिरहेको छ ।

प्रतिकृया

प्रतिकृया