१८ जेष्ठ, काठमाण्डौं । ‘मिष्टर काठमाडौँ २०१८’को उपाधि सुशान्त काजी श्रेष्ठले हात पारेका छन्।

बिहिबार कमल पोखरी स्थित रसियन कल्चर सेन्टरमा आयोजित प्रतियोगीतामा प्रज्वल खड्का फष्ट रनर अफ, सबिन थापा मगर सेकेन्ड रनर अफ र राज रिजाल थर्ड रनर अफ घोषित भएका छन्।

प्रतियोगितामा रिजाल ‘टिन आइकन’ समेत घाेषित भए।

एक्सपोज नेपालले आयोजक रहेको प्रतियोगितामा बेष्ट मोडल सौरभ मान भण्डारी, बेष्ट फोटो जेनिक सेरप ग्ल्याबो लामा, फेसबुक भोटिङ आर्यन खड्गीले हात पारे।

त्यसैगरी एसएमएस भोटिङ कृष्ण श्रेष्ठ, मोष्ट ह्याण्डसम नयन शाही, डिसिप्लेन योगेख खड्का र ट्यालेनट एण्ड पब्लिक च्वाईस अवार्ड तुगेन श्रेष्ठले प्राप्त गरे।

निर्णायक मण्डलमा दिक्पाल कार्की,लक्ष्मण सुवेदी,मनिषा डंगोल श्रेष्ठ अादि रहेका थिए।

प्रतिकृया

प्रतिकृया