१८ जेष्ठ, काठमाण्डौं ।  दक्षिण कोरियाको भावी राजदूत बन्न लागेका अमेरिकी नौसेनाबाट बाहिरिँदै गरेका एडमिरलले हालको दिनमा उत्तर कोरिया प्रशान्तिय क्षेत्रको शान्तिको सबैभन्दा ठूलो खतरा रहेको बताए । तर, उनका अनुसार दीर्घकालमा चीनको ‘हेजेमोनी(आधिपत्य स्थापना)को सपना’ वासिन्टनको सबैभन्दा ठूलो चुनौती हुनेछ ।

बुधबार हवाई राज्यको पर्ल हार्वरमा यु.एस. प्यासिफिक कमाण्डको नेतृत्व हस्तान्तरण गर्ने क्रार्यक्रम भएको थियो । त्यस कार्यक्रममा एडमिरल ह्यारी ह्यारिसले एडमिरल फिल डेभिडसनलाई अमेरिकी न्याभिको नेतृत्व हस्तान्तरण गरे । त्यही अबसरमा एडमिरल ह्यारिसले यो कुरा भनेका हुन् ।

सो समारोहमा उक्त क्षेत्रको अमेरिकी सैन्य उपस्थीतिलाई भावी दिनमा ‘यु.एस.इण्डो प्यासिफिक कमाण्ड’ मा नाम बदलिने घोषणा पनि गरियो ।

ह्यारिस अमेरिकी सेनाको सबैभन्दा विस्तारित मानिने उक्त क्षेत्रमा तीन वर्ष नेतृत्वमा रहे । बिदाईको समयमा ह्यारिसले भनेका कुरा यस अघि पनि उनले पटक–पटक भन्दै आइरहेका थिए ।

“आजको दिनमा उत्तर कोरिया हाम्रो लागि सबैभन्दा ठूलो खतरा हो । अमेरिकासम्म मार हान्न सक्ने मिसाइल र आणविक क्षमता भएको उत्तर कोरिया हाम्रा लागि किमार्थ स्वीकार्य हुदैन,” उनले भने ।

तथापी, उनले थपे “दीर्घकालमा हाम्रो सबैभन्दा ठूलो चुनौती चीन हो । अमेरिका र उसका मित्र राष्ट्र र सहकर्मीहरुको एकाग्रपूर्ण सहभागिता र सम्बाद भएन भने चीनको एशियामा हेजेमोनी बन्ने सपना साकार हुनेछ ।”

बिहिबार ह्यारिसको टिप्पणीमा प्रतिक्रिया दिदैं चिनिया विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुन्यीङ्गले भनिन्, “एडमाइललाई ‘हेजेमोनी’को भूतले सताएको देखिन्छ । किनकी उनलाई आफूले कायम गरेको ‘हेजेमोनी’ गुम्ला भन्ने डर छ ।”

“दक्षिण चीन सागरमा अमेरिकी सेनाको उपस्थिति चीन र अन्य तटीय राष्ट्रहरुको कुल सेनाको सङ्ख्याभन्दा निक्कै धेरै छ,” हुवाले अमेरिकाले आफूहरुलाई लगाएको सैन्यकरणको पनि विरोध गर्दै भनिन् “यो त चोरले ‘चोरी रोक’ भने जस्तै भयो ।”

पत्रकार भेटघाटको दैनिक कार्यक्रममा हुवाले दक्षिण चीन सागरमा चीनले संचालन गरिरहेको विकास कार्यक्रम र सेनाको तैनाथी आत्मरक्षाको लागि मात्र भएको बताइन् ।

ह्यारिसले यो टिप्पणी गर्दा अमेरिकी रक्षा सचिव जेम्स म्याटिस पनि सँगै उपस्थित थिए । उनी सिङ्गपुरमा हुन लागेको एक उच्च सुरक्षा मञ्चमा जादै गर्दा उक्त समारोहमा सहभागी हुनेको लागि हवाईमा रोकिएका हुन् । सिङ्गापुरमा हुने उक्त मञ्चमा म्याटिसले उत्तर कोरिया र दक्षिण चीन सागरको बारेमा छलफल गर्ने कार्यसुचि रहेको छ ।

हरिसको उत्तर कोरियासँग हुन लागेको अमेरिकाको शिखर बार्तामा पनि भूमिका हुने अनुमान गरिएको छ । यही कारण उनलाई अष्ट्रेलियाको लागि राजदुत बनाउन बारेमा गर्न लागिएको संसदीय सुनुवाई अन्तिम समयमा स्थगन गरिएको थियो ।

अमेरिकाको नेतृत्वमा हुने विश्वको सबैभन्दा ठूलो समून्द्री युद्ध अभ्यास ‘२०१८ रिम अफ प्यासिफिक सैन्य अभ्यास’मा अघिल्लो साता चीनलाई सहभागिताको लागि गरिएको निमन्त्रणाको स्थगन हुँदा पनि प्रशान्तीय कमाण्डको नेतृत्वमा ह्यारिसनै थिए । चीनले यो कदमप्रति असन्तुष्टी व्यक्त गरेको छ ।

बुधबारको कार्यक्रममा बोल्दै म्याटिसले भने, “जहाँ सक्छौं हामीले बेइजिङ्गसँग सहकार्य गर्नुपर्छ तर जहाँ आवश्यक पर्छ हामी भिड्न तयार छौं ।”

आफ्ना उत्तराधिकारीलाई हरिसले मस्कोमाथि पनि निगरानी राख्न साबधान गराए । रसियाले प्रशान्तीय क्षेत्रमा ‘विघ्नकारी भूमिका’ खेलिरहेको उनले बताए ।

“प्रशान्तीय क्षेत्रमा खुल्ला र दमानकारी विश्व व्यवस्था दृष्टीकोण राख्नेहरुबीच भूराजनैतिक प्रतिस्पर्धा भईरहेको छ,” ह्यारिसले भने ।

“विश्वमा ठूला शक्तिहरुबीच प्रतिस्पर्धा पुनः शुचारु भएको छ । मेरो विश्वासमा हामी इतिहासको संकटपूर्ण विन्दूतर्फ बढ्दै छौं …स्वतन्त्रता र न्याय खतरा परेको छ ।” एजेन्सी

प्रतिकृया

प्रतिकृया