२३ जेष्ठ, काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आगामी साता हुने वार्ताले उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ्ग उन प्रति अन्तराष्ट्रिय चासो ह्वात्तै बढेको छ ।

अन्तराष्ट्रिय स्तरमा बढ्दो चासोले किमलाई सन् २०१८ मा सर्वाधिक चर्चित नेताका रुपमा स्थापित गराउँदैछ । केही समय अघि चीन र दक्षिण कोरिया पुगेका किमसँगको भेटका लागी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि उच्च चासो देखाएका छन् ।

अमेरिकी राष्ट्रपति सँगको भेट अघि पुटिनले आफ्ना दुतका रुपमा विदेशमन्त्री सर्गेई लाभेरोभलाई प्योङ्गयाङ्ग पठाएका थिए । सोही भेटमा लाभरोभले रुस भ्रमणको निम्तो दिएका थिए । सेप्टेम्बरमा रुस जाने तयारी किमको छ ।

उनको चर्चा चुलिएसँगै सिरियाली राष्ट्रपति बशर अल असदले पनि प्योङ्गयाङ्ग जाने ईच्छा व्यक्त गरेका छन् ।

उत्तर कोरियाले सिरियायुद्धका लागि सरकार समर्थित सेनालाई हतियार उपलब्ध गराएको आरोप लाग्दै आएको छ ।

विष्लेषक केन गजले बीबीसीसँगको कुराकानीमा भनेका छन्, ‘पछिल्लो समय किम जोङ उन कुटनीतिक पक्षबाट मात्रै सफल हुने पक्षमा रहेकाले उत्तर वार्ताको टेवलमा आएको हो । उत्तर कोरिया अवसरका लागी खुला रहेको सन्देश दिनका निम्ति समेत अमेरिकासँगको वार्ता महत्वपूर्ण रहेको छ ।’

उत्तर कोरियाली पछिल्लो रणनीति शक्ति राष्ट्र बन्नका लागी मात्र नभई हालको आवश्यकता रहेको विष्लेषण हुन थालेको हो ।

प्रतिकृया

प्रतिकृया