२३ जेष्ठ, काठमाण्डौं । फिल्म ‘यो पागल मन’को ट्रेलर सार्वजनिक भएको छ।

सार्वजनिक ट्रेलरमा प्रेम, बिछोड र द्वनद्वलाई देखाइएको छ।

कल्याण अधिकारीको निर्देशनमा बनेको म्युजिकल लभस्टोरी फिल्ममा विनोद न्यौपाने र ऋचासिंह ठकुरी, गौरी मल्ल, राजेश ढुंगाना, मनीष भण्डारी, विशाल श्रेष्ठ, एनी कुँवरलगायतको अभिनय रहेको छ।

यस फिल्मबाट पर्दामा लामो समय नखेखिएकी नायिका ऋचाले कमब्याक गर्दै छन्। असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्मलाई वीरेन्द्रकुमार यादव र निर्देशक अधिकारी मिलेर निर्माण गरेका हुन्।

अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा कमल राईको कोरियोग्राफी, राजु किरातीको द्वन्द्व निर्देशन रहेको छ। शम्भु सापकोटाले खिचेको फिल्मलाई अनिल गौतमले सम्पादन गरेका छन्। फिल्मको पटकथा तथा संवाद सामीप्यराज तिमल्सिनाले लेखेका हुन्।

प्रतिकृया

प्रतिकृया