२८ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन विश्वको सर्वाधिक चासो रहेको एक बहुप्रतिक्षित शिखर वार्ताका लागि आइतबार सिङ्गापुर पुगेका छन् ।

उनीहरु दुवैजना आइतबार सिङ्गापुर पुगेको समाचार विश्वका सञ्चारमाध्यमहरुको प्रमुख समाचार बनेको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

शिखर वार्तामा सहभागिताका लागि उत्तर कोरियाली नेता किम जोङ उन सिङ्गापुरतर्फ लागेदेखि नै विश्वका मिडियाले उनको समाचारलाई बडो प्राथमिकता दिएका थिए । त्यसपछि उनी सिङ्गापुर पुगेपछि यो ठूलो समाचार बनेको छ ।
यतिखेर सिङ्गापुरमा विश्वका कैयौँ सञ्चारमाध्यम पुगेका छन् । ती सञ्चारले उनीकहाँ बसेका छन् भन्नेदेखि लिएर उनले आइतबार सिङ्गापुरका राष्ट्रपतिसँग भेटवार्ता गर्नेसम्मको अवस्थालाई आफ्ना क्यामेरामा कैँद गर्न निकै चासो देखाएका बताइएको छ ।

त्यसैगरी यस वार्ताका अर्का प्रमुख पात्रका रुपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प परेका छन् । उनी पनि आइतबार नै सिङ्गापुर पुगेका छन् ।

उनीहरूबीचको भेट उत्तर कोरियालाई आणविक हतियारबाट मुक्त गराउने बिषय बढी केन्द्रित हुने सहजै अनुमान लगाउन सकिन्छ, यद्यपि दुवै तर्फबाट वार्ताएको एजेण्डा भने आएको छैन ।

यही नै प्रमुख मुद्दा हुनेछ भन्ने अनुमान धेरैलाई छ । जसलाई अमेरिकी राष्ट्रपति ट्रम्पले पनि शान्तिका लागि ‘एक पटकको प्रयास’ भनेका छन । पहिलो प्रयासले नै धेरै कुरा देखाउने उहाँको पहिल्यै देखिको भनाई रही आएको छ ।

प्रतिकृया

प्रतिकृया