२८ जेष्ठ, काठमाण्डौैं । साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणका अभियुक्त गोरे भनिने चुडामणी उप्रेती ‘गोरे’सहित तीन जनालाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ ।

मोरङ कारागारबाट गोरेसहित, छिरिङ वाङ्गेल घले र भुजुङ गुरुङलाई मोरङबाट काठमाडौं ल्याईएको हो । उनीहरुलाई केन्द्रीय कारागार पठाइएको छ ।

उनीहरुलाई सम्पत्ति छानविन गर्न काठमाडौं ल्याइएको सम्पत्ति शुद्धीकरण विभागले जनाएको छ ।

३३ किलो सुन र सनम हत्याको छानबिन गर्न बनेको समितिले उनीहरुको सम्पत्ति छानबिन गर्न सुझाव दिएपछि सम्पत्ति शुद्धीकरण विभागले उनीहरूलाई काठमाडौं झिकाएको हो ।

जिल्ला अदालत मोरङले उनीहरुलाई काठमाडौं लैजान अनुमति दिएपछि विराटनगरबाट काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया