२८ जेष्ठ, काठमाण्डौं । साढे ३३ किलो सुन तस्करी प्रकरणमा न्यूरोड र दरबारमार्गस्थित आरके ज्वेलर्समा गृहमन्त्रालयबाट गठित छानबिन समितिले छापा मारेको छ ।

सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले सोमबार दिउँसो आरके ज्वेलर्सका दुवै पसलमा छापा मारेर सुन नियन्त्रणमा लिएको हो ।

तस्करीको सुन किनेको आरोपमा आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्यलाई समितिले यसअघि नै नियन्त्रणमा लिइसकेको छ । उनलाई मोरङ अदालतको आदेशमा हाल थुनामा राखिएको छ ।

प्रतिकृया

प्रतिकृया