२८ जेष्ठ, काठमाण्डौं । नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीबाट लोकतन्त्रमाथि खतरा रहेको बताएका छन्।

नेपाल विद्यार्थी संघ काठमाडौंले गरेको ‘अबको कांग्रेस र युवाको भूमिका’ विषयक कार्यक्रममा बोल्दै युवा नेता एवं प्रतिनिधिसभा सदस्य थापाले यस्तो बताएका हुन् ।

उनले लोकतन्त्र पूर्वराजा ज्ञानेन्द्र शाह र नेत्रविक्रम चन्द विप्लवबाट नभइ सरकारको नेतृत्व गरिरहेको दलबाट रहेको दावी गरे।

कार्यक्रममा बोल्दै युवा नेता थापाले कांग्रेसलाई नयाँ ठाउँमा पुर्‍याउनुपर्नेमा जोड दिए। उनले कांग्रेसले युद्ध हारेको नभइ लडाइँ मात्र हारेको भन्दै नयाँ नेतृत्वले पार्टीलाई नयाँ ठाउँमा पुर्‍याउनुपर्ने बताए।

प्रतिकृया

प्रतिकृया