२८ जेठ, जनकपुरधाम । धनुषा, महोत्तरी र सिन्धुलीमा पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गरेको भन्दै धनुषा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

नेपाल आयल निगम धनुषाको महेन्द्रनगरका डीपो प्रमुख मोहनकुमार साह, पेट्रोलियम डिलर्स एशोसिएसन जनकपुरका अध्यक्ष बिष्णुदेव साह र पेट्रोलियम ढुवानी संघ जनकपुरका अध्यक्ष किसुनदेव साहलाई अवरोध र कृतिम अभाव श्रृजना गरेको आरोपमा नियन्त्रणमा लिईएको हो ।

ट्यांकर चालकहरुको भत्ता दिने विषयमा पेट्रोलियम डिलर्स एशोसिएसन जनकपुर र पेट्रोलियम ढुवानी संघ जनकपुरबीच विवाद हुँदा यस्तो अवस्था सिर्जना भएको भएपनी डीपो प्रमुखले जवरजस्ती सिन्डिकेट बढाएको आरोप छ ।

पेट्रोल पम्प व्यवसायीहरुले ट्यांकर चालकलाई ढुवानी वापत दिँदै आएको ६ सय रुपैयाँ कटौती गरेपछि चालकहरुले ढुवानी सेवा नै बन्द गरेको बताउँदै आएको छ ।

केही दिनअघि भएको सहमतिमा पेट्रोलियम पदार्थ बितरण दुवानीमा अवरोध नगर्ने र बिलिंग गर्ने बताएपनि अबरोध र कृत्रिम अभाव सिर्जना गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए ।

प्रतिकृया

प्रतिकृया