२९ जेष्ठ, काठमाण्डौं । संघीय संसदमा संसदीय समिति गठनको गृहकार्य सुरु भएको छ ।

संसदका दुवै सदनले नियमावली पारित गरेपछि सदस्यहरुलाई आफू बस्न चाहेको समितिको नाम सिफारिस गर्न निर्देशन दिएका हन् ।

प्रतिनिधिसभाले असार १ र राष्ट्रियसभाले ३ गतेभित्र सदस्यहरुलाई नाम बुझाउन सूचना जारी गरेका छन् । राष्ट्रियसभाले आइतबार र प्रतिनिधिसभाले सोमबार सूचना निकालेका हुन् ।

संसदको सबै भन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बुधबारभित्रै संसदीय दलमा नाम दिने तयारी गरेको छ । आफूहरुले संसदीय दलमार्फत नै समितिमा रहने सदस्यहरुको नाम बुझाउने तयारी गरेको नेकपाका सांसद रामवीर मानन्धरले जानकारी दिए ।

प्रतिनिधिसभामा १० राष्ट्रियसभामा चार र संयुक्त तीनवटा समिति रहने गरी नियमावली पारित भइसकेको छ । दलको उपस्थितिअनुसार प्रतिशतका आधारमा समितिमा सदस्य संख्या तोकिने संसद सचिवालयले जनाएको छ । एकजना मात्र सांसद भएका दलले भने इच्छाएको कुनै एक समितिमा मात्र बस्न पाउनेछन् ।

प्रतिकृया

प्रतिकृया