२९ जेष्ठ, काठमाडौं । यातायात व्यवस्था विभागले २ महिनाभित्र सबै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को वितरण सक्ने दावी गरेको छ ।

लाइसेन्स वितरणको समस्या हल गर्न नयाँ चार वटा प्रिन्ट मेसिन विभागले ल्याएको छ । त्यस्तै अब २ सिफ्टमा लाईसेन्स प्रिन्ट गर्नेछ ।

अबको दुई महिनाभित्रै प्रतिक्षारत सबै सेवाग्राहीलाई लाईसेन्स वितरण गरिने विभागका प्रवक्ता तुल्सीराम आर्यालले बताएका छन् ।

अहिले झण्डै ट्रायल पास गरेका र नवीकरणका लागि आवेदन दिएका ३ लाख सेवाग्राही लाइसेन्स कुरिरहेका छन् ।

प्रतिकृया

प्रतिकृया