२९ जेष्ठ, काठमाण्डौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका कारण लोकतन्त्र र संघियता धरापमा पर्न सक्ने खतरा रहेको दावी गरेका छन्।

 “शैलजा आचार्य आदर्श समाज” ले शैलजा आचार्यको नवौं स्मृति दिवसमा राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपाकै कारण मुलुक निरंकुशतातर्फ अगाडी बढेको आरोप लगाए ।

कार्यक्रममा बोल्दै उनले मुलुकलाई कार्यकारी राष्ट्रपतीय प्रणालीमा धकेले त्यो काँग्रेसलाई कुनैपनि हालतमा स्विकार्य नहुने चेतावनी दिए।

‘बहुमत तपाईहरुसँग छ, सरकार जसरी चलाउँन मन लाग्छ चलाउनोस्, तर दुईतिहाई बलको आडमा मुलुकको शासन व्यवस्था नै परिवर्तन गर्न लाग्ने हो भने त्यसका विरुद्ध काँग्रेस जस्तोसुकै आँधीबेरी ल्याउन तयार छ’ सत्ताधारी दल नेकपालाई ईंगीत गर्दै नेता कोईरालाले भने ।

प्रतिकृया

प्रतिकृया