२९ जेष्ठ, काठमाण्डौं । गजल गायक सुवास अगमको पहिलो गजल एल्बम ‘गजल को सुवास’ सार्वजनिक भएको छ ।

देश र बिदेशमा समेत प्रत्यक्ष साजबाजका साथमा भावमा डुबेर अरुलाई पनि भाव तरन्ङ्गमा दुबाएर गजल गाउन प्रख्यात सुवास अगम एस्ता गायक हुन जस्तो एक एल्बम पनि नानीस्किदै सयौ गजल गायनू कार्यक्रम मा प्रस्तुत भई सकेका छन् ।

प्रत्यक्ष नै मन्च वा महेफिलमा गायन बैचित्र्य प्रस्तुत गरेर वाहवाही बटुल्न सिपालु सुवासको ७ वटा गजल यस सङ्ग्रह मा समावेश गरिएको छ ।

करीब २०० भन्दा बढी गजल संगीत गरेर गायन प्रस्तुत गरिसकेका सुवास को लाईभ रेकर्डहरु भने सबै जसो रेडियोका गजल कार्यक्रमहरुले बजाउने गर्छन् ।

२००७ मा रेडियो नेपाल बाट आधुनिक गीत तर्फ स्वर परीक्षा पास गरे पश्चात नै रेडियो नेपालमा नै रेकर्ड भएको ‘म हारे रुपमा तिम्रो’ भन्ने गजल सुवासको पहिलो रेकर्डेड गजल हो ।

जगजीत सिंह बाट प्रभाबित सुवासले जगजीतले झै सबै आफुले गाउँने गजल आफुले नै संगीत गर्ने गर्दछन् ।

नेपाली गजललाई उठाउन को निम्ती गजल मात्रै गाउने एक समर्पित गायक भए मात्र गजलको एक अलग प्रव्रिती बिकास हुने कुरामा विश्वाश गर्ने भएको ले सुवासले गजल मात्र गाउने गरेका छन् ।

हाल ‘गजल एन्ड सुफी नाइट’ नामक गजल र सुफी अध्यात्मिक ( दर्शनिक गजलको कार्यक्रम) मार्फत देशका बिभिन्न शहर मा कार्यक्रम पनि गर्दै आएका छन् ।

‘दिव्य गजल’ नाम दिएर दर्शनिक गजलको नयाँ शैलीको सुरुवात पनि गरेका अगम आँफैले त्यस्ता गजल लेख्ने गर्दछन्। उनका अनुसार ईस्लामबाट आएको ‘सुफी’ संगीत परम्परा नै नयाँ ढाचामा ‘दिव्य गजल’ भनेर गजल मा भित्र्याईएको हो ।

नेपाली गजल गायन परम्परामा फरक धार बनाउन सफल अगम को नयाँ गजल एल्बम मा डा. घनश्याम परिश्रमी, शेखर अस्तित्व, शान्ताम श्री, अनिता भण्डारी पौडेल, काली प्रशाद रिजाल, सरु काली र देवी नेपाल द्वारा लिखित गजल सङ्ग्रहित छन ।

 

प्रतिकृया

प्रतिकृया