३० जेष्ठ, काठमाण्डौं । पूर्वविशिष्टलाई विलासी सुविधा दिने सरकारको तयारी प्रति सरकार फेरी आलोचित भएको छ । कहिले मुल्यवृद्धि त कहिले विभिन्न प्रकरणमा आलोचना खेप्दै आएको सरकार फेरी पनि आलोचित बन्न पुगेको हो ।

३० जेष्ठ, काठमाण्डौं । नेपाल कम्युनिष्छ पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले पूर्वविशिष्टलाई विलासी सुविधा दिने खवर बाहिरिएपछि पार्टी भित्रै तथा पार्टी निकट भातृ संगठनभित्र पनि यसबारे बहस सुरु भएको छ ।

विद्यार्थी नेता एवम् अनेरास्ववियुका सचिव सुदेश पराजुलीले सरकारको यो कदमलाई राज्यकोषमा ब्रम्हलुटको तयारीको संज्ञा दिएका छन् ।

बुधबार विहानै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सरकारको यो कदमको चर्को विरोध जनाएका छन् । उनले नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वको सरकारले गलत गर्नै नहुने तर्क दिएका छन् ।

पुर्वविशिष्टहरुको निजि सम्पतिलाई राष्ट्रीयकरण गर्नुपर्नेमा उनले जोड दिएका छन् । उनले भनेका छन्, सरकारले हिम्मतका साथ पुर्वविशिष्टहरुको निजि सम्पतिलाई राष्ट्रीयकरण गर्नुपर्छ त्यसपछि दिने सेवासुविधालाई न्यायोचित ठानिन्छ ।

निजि सम्पतिका साथै राज्यको सेवासुविधाबाट विलासी आरामदायी जिवनका लागि पुर्वविशिष्टको सम्मानका लागि पक्कै नभएको भन्दै सचिव पराजुलीले यसरी राज्यकोषको ब्रम्हलुट गर्ने तयारी सरकारले फिर्ता गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । उनले सरकारले यो तयारी तत्काल फिर्ता लिनेमा आफु विश्वस्त भएको बताएका छन् ।

हेर्नुहोस्, अनेरास्ववियु सचिव पराजुलीद्धारा लिखित फेसबुक पोष्ट, जस्ताको तस्तै

राज्यकोषमा ब्रम्हलुटको तयारीः पूर्वविशिष्टलाई विलासी सुविधा दिइने ?नेकपाको सरकारले यस्तो गलत निर्णय गर्नु हुदैन…

Gepostet von Sudesh Parajuli am Dienstag, 12. Juni 2018

प्रतिकृया

प्रतिकृया