३० जेष्ठ, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली असार ५ गते चीन भ्रमणमा जाने भएका छन्।

ओलीले ५ असारदेखि ६ दिन लामो चीन भ्रमण गर्ने जानकारी चिनियाँ विदेश मन्त्रालयले दिएको छ ।

प्रधानमन्त्री ओली चीन भ्रमण सकेर असार १० गते नेपाल फर्कनेछन् ।

ओलीको भ्रमणका बेलामा दुई देशका हितका विषयका कुराकानी हुने परराष्ट्रमन्त्रालयले बताएको छ।

मन्त्रालयका अनुसार नेपाल चीन पारवाहन सम्झौता पोर्टोकलमा हस्ताक्षर हुने छ।

प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा काठमाडौं–रसुवागढी–केरुङ रेलमार्गका विषयमा पनि छलफल गर्नेछन्।

ओली चीनको स्वशासित क्षेत्र ल्हासा पुग्ने कार्यक्रम समेत छ।

प्रधानमन्त्रल् ओलीले आफुसँगै गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ लगायतका मन्त्रीहरुलाई लैजाँदैछन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, केही सांसदहरू र उच्च सरकार अधिकारीहरु समेत चीन जाने कार्यक्रम रहेको छ ।

प्रतिकृया

प्रतिकृया