३० जेष्ठ, काठमाण्डौं । रियल मड्रिडको मुख्य प्रशिक्षकमा नियुक्त भएको केही समयमै स्पेनिस राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक जुलेन लोपेटेगी पदच्यूत भएका छन् ।

स्पेनिस फुटबल फेडेरेशनले रियल मड्रिडमा नियुक्त हुनेबारे संघसँग सल्लाह नगरेको भन्दै विश्वकप सुरु हुनु एक दिनअघि लोपेटेगीलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

स्पेनले आउँदो शुक्रबार पोर्चुगलविरुद्धको खेलसँगै विश्वकपको सुरुआत गर्दैछ । विश्वकप फुटबल बिहीबारदेखि रुसमा सुरु हुँदैछ ।

मलार्इ थाहा छ याे अत्यन्तै कठिन अवस्था हाे । मलाइ थाहा छ मैले जे गरे पनि अालाेचना हुनेवाला छ । स्पेनी फुटबल महासंघका सभापति लुइ रुबिअालेसले भने । उनलार्इ लोपेटेगीकाे नयाँ भूमिकाबारे अाैपचािरक घाेषणा हुनुभन्दा ५ मिनेट अगाडिमात्र जानकारी गराइएकाे थियाे ।

उनले भने कसैले पनि यस्ताे गर्नुहुँदैन, विशेष गरी विश्वकप सुरु हुनुभन्दा दुइ तीन दिन अगाडि । हामी याे निर्णय लिन बाध्य भयाै‌ं ।

लोपेटेगी भिन्सेण्ट डेल बस्ककाे अवकाशपछि सन् २०१६ मा स्पेनकाे प्रशिक्षक भएका थिए । उनकाे कार्यकालभरी स्पेन अपरािजत रहेकाे थियाे । स्पेनले लोपेटेगीकाे प्रशिक्षणमा खेलेकाे २० मध्ये १४ खेल जितेकाे र बाँकी ६ खेलमा बराबरी खेल्दै अपराजित रहेकाे थियाे ।

प्रतिकृया

प्रतिकृया