३० जेष्ठ, काठमाण्डौं । रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो र एट्लेटिको म्याड्रिडका एन्टोनी ग्रिजमन अर्को सिजन नयाँ क्लब जाने चर्चा अझै सेलाइसकेको छैन । तर, ला लिगाका अध्यक्ष जाभियर टेबासले भने रोनाल्डो र ग्रिजमन अर्को सिजन पनि आ आफ्नै क्लबमा रहने विश्वास व्यक्त गरेका छन् । समर ट्रान्सफर अगस्टको अन्तिममा बन्द हुनेछ ।

पाँच वर्षमा चौथो पटक च्याम्पियन्स लिगको उपाधि जितेपछि गत महिना रोनाल्डोले रियल छाड्ने संकेत गरेका थिए । लिभरपुललाई फाइनलमा हराएपछि उनले चाडै समर्थकलाई आफ्नो भविष्यका बारेमा जानकारी दिने बताएका थिए । त्यसपछि उनका विषयमा अनेक खाले अड्कलबाजी सुरु भएको थियो ।

यद्दपी विश्व कप सुरु हुन एक दिन बाँकी रहँदा पनि रोनाल्डोले भविष्यका बारेमा बोलेका भने छैनन् । उनको कप्तानीमा पोर्चुगल विश्व कप खेल्ने तयारीमा यति बेला रसियामा रहेको छ । ग्रिजमनले अघिल्लो वर्षनै एट्लेटिको छाड्ने चर्चा चलेको थियो । तर, क्लबमाथिको सरुवा प्रतिबन्धका कारण उनले क्लब छाड्न मिलेन ।

अहिले फेरि उनी नयाँ क्लब जाने चर्चा सुरु भएको छ । उनी ला लिगा च्याम्पियन बार्सिलोना पुग्ने धेरैको अनुमान गरएको छ । यद्दपी टेबासले भने दुवै खेलाडी कतै नजाने विश्वास गरेका छन् ।

यसपटकको ट्रान्सफर विन्डो रोनाल्डो र ग्रिजमनका कारण समर्थका लागि चाख लाग्दो हुने सम्भावना छ । अन्तमा उनीहरु नयाँ क्लब जान्छन् वा पुरानैमा रहन्छन् भन्नेमा समर्थकको ध्यान तानिरहनेछ ।

प्रतिकृया

प्रतिकृया