३० जेष्ठ, काठमाण्डौं । लियोनल मेस्सीको खेल जीवन कति बेला सफल भएको मानिनेछ भन्ने बहस सुरु भएको धेरै भइसकेको छ ।

यसबीच सन् २००६ का विश्व कप विजेता इटालीका सदस्य इटालीका पूर्व मिडफिल्डर आन्द्रे पिर्लो पनि त्यहि बहसमा थपिएका छन् ।

मेस्सीले अर्जेन्टिना तथा नेपोलीका पूर्व महान खेलाडी डिएगो म्यारोडोनालाई उछिन्ने हो भने विश्व कप जित्नु पर्ने बताएका छन् ।

बार्सिलोनाका सुपर स्टार मेस्सीले क्लब फुटबलमा सबै खाले उपाधि जितिसकेका छन् । तर, उनले त्यहि उपलब्धी अर्जेन्टिनालाई भने दिलाउन अझै बाँकी छ । अर्जेन्टिनाको जर्सीमा अहिले सम्म मेस्सीले ओलम्पिकमा स्वर्ण पदक मात्र जितेका छन् । तर, म्यारोडोनाको उच्च प्रदर्शनबाट प्रेरित अर्जेन्टिनाले सन् १९८६ मा विश्व कप जितेको थियो ।

मेस्सीको उच्च प्रदर्शनबाट प्रेरित अर्जेन्टिना ब्राजिलमा २०१४ मा भएको विश्व कपमा फाइनल सम्म पुगेको थियो । तर फाइनलमा अर्जेन्टिना जर्मनीसँग स्तब्ध भएको थियो ।

त्यसपछि २०१५ र २०१६ को कोपा अमेरिकामा पनि अर्जेन्टिना चिलीसँग पराजित भएको थियो ।

३० वर्षे मेस्सीका लागि सम्भवत यो अन्तिम विश्व कप हुन सक्दछ, त्यस अर्थमा यो उनका लागि विश्व कप जित्ने अन्तिम मौका हुन सक्छ ।

प्रतिकृया

प्रतिकृया