३० जेष्ठ, काठमाण्डौं । हवाई सुरक्षामा प्रगति गरेको भन्दै अन्तर्राष्ट्रिय नागरिक उड्यन प्राधिकरण आईकाओले नेपाललाई सम्मान गरेको छ ।

आईकाओका अध्यक्ष डा। ओलुमुइवा बेर्नाद अल्यूले पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई प्रमाणपत्र सहित सम्मान गरेका हुन् ।

आईकाओको मुख्य कार्यालय क्यानडामा आयोजित विशेष कार्यक्रममा संस्थाका अध्यक्ष अल्यूले कानुनको पालना सहित अन्तर्राष्ट्रिय वायु सेवालाई सेवा सञ्चालन अनुमती दिने लगायतका काम गरेकाले सम्मान गरिएको बताए।

आईकाओले सन २००९ मा गरेको अनुगमनमा नेपालको विमानस्थल र वायु सेवा कमजोर रहेकोमा पछिल्लो समय उल्लेख्य सुधार गरेको जनाएको छ ।

यसले गर्दा युरोपेली युनियनले समेत नेपालको उडानमा सुधार भएकोमा प्रशंसा गरेको नागरिक उड्ययन प्राधिकरणका निमित्त महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया