३१ जेष्ठ, काठमाण्डौं । ​नेपाल र भारतबीच अरुजस्तै खेलमा पनि राम्रो सम्बन्ध रहेको छ । अफ विशेषगरी फुटबल र क्रिकेटमा दुई मुलुकबीच प्रगाढ सम्बन्ध रहेको विगतका इतिहासले पुष्टि गरेको छ । साफदेखि विभिन्न संस्करणका खेलमा नेपाल भारत आमुने–सामुने भएका छन् । जसले दुई देशीय सम्बन्ध नवीकरणसँगै अझै कसिलो हुँदै गएका छन् ।
भारतमा भएका कयौं अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली भारत गएका छन् । त्यस्तै काठमाण्डौमा सम्पन्न भएका कयौं फुटबल खेलमा भारतले सहभागी जनाएको छ ।


नेपालले भर्खरै पनि यही जेठ २३ गते भारतको राष्ट्रिय फुटबल टोलीसँग मुम्बइको अँधेरी स्पोर्टस कम्प्लेक्समा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको थियो । एएफसी एसियन कप फुटबल छनोटअन्तर्गत यही जेठ ३० गते काठमाडौँमा हुने यमनविरुद्व खेलको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको एन्फाले जनाएको थियो ।​
त्यसैगरी नेपालले चौध वर्षमुनि महिला खेलाडी सम्मिलित एएफसी यु–१४ गल्र्स रिजनल च्याम्पियनसिपमा भारतसँग खेलेको थियो । दशरथ रङ्गशालामा सेमिफाइनल खेलमा नेपाली महिला टोलीले भारतसँग खेल खेलेको थियो । जसमा भारतलाई नेपालले १–० गोलले पराजीत गरेको थियो ।



नेपालको फुटबल इतिहास भारतको योगदान
नेपालमा फुटबलको इतिहासलाई खोतल्ने हो भने, यसको योगदान भारतलाई जान्छ । विश्वमा अङ्ग्रेजी साम्राज्यको विस्तारसँगै फुटबल विश्वभर फैलने क्रममा एसिया र अन्ततः दक्षिण एसियामा आएको देखिन्छ । भारतमा इस्ट इन्डिया कम्पनीले राज्य गरेपछि नेपालमा पनि त्यसकै प्रभावले फुटबल भित्रिएको छ । तिहारताका फालिने भोगटेलाई युवाहरू गुडाउने अथावा हिर्काउने परम्परा अन्ततः नेपाली फुटबलको इतिहास बन्न पुगेको छ । यद्यपि भकुन्डोलाई हिर्काउने खेल नै फुटबल हो भनेर कसैलाई थाहा थिएन ।


नेपालमा राणाकालीन समयमा राणा परिवारबाहेक सर्वसाधारण जनताका लागि पढ्ने लेख्ने छुट थिएन । भारत गएर उच्च शिक्षा हासिल गरेर नेपाल छिरेकाहरू सीमित थिए । त्यसैबेला केही जङ्ग थापा र नरसिंह राणाहरू पनि पढ्न भारत गएका थिए । त्यो समय भारतमा अङ्ग्रेजी शासन हँदा, स्कूल र कजेजमा अङ्ग्रेजले आफूसँगै ल्याएका खेलहरू पनि खेलिन्थे । त्यही समय भारतमा पढेकाले नै पहिलोपल्ट फुटबल खेलेको र नेपाल छिराएको मानिदैँ आएको छ ।

खेलको सम्बन्धः भारतका राष्ट्रिय फुटबल टोलीका कप्तान नै नेपालीमूलका

नेपाली मुलका सुनील क्षेत्री नै भारतीय राष्ट्रिय टोलीका कप्तान हुन् । उनी नेपालीभाषी हुन् । उनको झुकाव नेपालतिर छ खेल भारतबाट खेल्छन् । यसरी उनले पनि खेलमार्फत नेपाल र भारतलाई जाड्दै आएका छन् ।

भर्खरै बैवाहिक सम्बन्धमा बाँधिएका भारतीय फुटबलका कप्तान तथा स्ट्राइकर सुनील क्षेत्रीले आफ्नो वैवाहिक बन्धन हिन्दु परम्पराअनुसार भएको छ ।

उनले आफ्नो बैवाहिक सम्बन्धका दिन कप्तान क्षेत्रीले ढाका टोपीमा सजिएर घोडामा चढि दुलही लिन गएका थिए । क्षेत्रीको विवाह कोलकतास्थित गुडगाउँको एउटा होटलमा भएको थियो ।

लामो समयदेखि सोनम भट्टाचार्यसँग प्रेममा रहेका क्षेत्रीले विवाह दिनसमेत नेपाली बोलेका थिए । उनले विवाह गरेकी सोनम भट्टाचार्य मोहन बगानका पूर्वउत्कृष्ट खेलाडी सुब्रत भट्टाचार्यकी छोरी हुन् ।

३३ वर्षीय नेपालीभाषी सुनील क्षेत्रीको मामाघर नेपालको झापा हो ।

खेलले सम्बन्ध जोड्छ
खेल र लेख दुबैमा भारतीय र नेपाली भन्ने जात गौण हुन्छ । किनकि खेलमा एक पक्षले तित्छ भने अर्कोले हार्छ । दुबैले तित्न असम्भव छ । जसमा आफू पनि पर्ने सम्भावना रहँदारहँदै पनि दुबैपक्ष यो कुरा जान्दाजान्दा पनि खेल खेल्न तल्लिन हुन्छन् । किनकि यसले दुईपक्षबीचको भाइचाराको सम्बन्धलाई कसिलो बनाउने गर्दछ ।

प्रतिकृया

प्रतिकृया