३१ जेष्ठ, काठमाण्डौं । सिंगापुरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता कीक जोङ उनबीच शिखर सम्मेलनको आयोजना गरेर ठूलो उपलब्धी हासिल गरेको छ । दुई नेताबीच शिखर सम्मेलन आयोजना गरेर सिंगापुरलाई फाइदा के भयो ? भन्ने प्रश्नको उत्तर खोजिन थालिएको छ । यो सबालको जवाफ ठोस आउन सकेको भने पाइँदैन ।

जवाफ हेर्ने हो भने, सिंगापुर निष्पक्ष राष्ट्र हो । जसको सम्बन्ध अमेरिका र उत्तर कोरिया दुबैसँग रहेको छ । सिंगापुरको सुरक्षा व्यवस्था एकदमै मजबुत छ । त्यस्तै सिंगापुरसँग शिखर सम्मेलनको अनुभव छ । जसले सन् २०१५ मा चीन र ताइवानका नेताबीच पनि फलदायी भेटघाट सम्पन्न गरेको थियो ।

सिंगापुर ब्रान्ड बनेको हो त ?
केहि मानिसले ‘ब्रान्ड सिंगापुर’ मजबुत भएको छ । यसले सित्तैमा आफ्नो ‘पब्लिसिटी’ गराएको छ । सिंगापुर एक ब्रान्ड हो । जो जहाँ पनि बिक्छ ।

उत्तर जे आएपनि आखिर एउटा देशले अरु देशका नेताको भेटघाटका लागि १०० करोड किन खर्च गर्छ ? मुख्य सबाल यो पनि हो । अंग्रेजीमा एउटा भनाई छ, ‘ देयर इज नो सच ए थिंग एज ए फ्रि लन्च’ अर्थात् सित्तैमा कसैले लन्च खुवाउँदैन । पूँजीवादी व्यवस्थामा ‘एक हातले लिने र अर्को हातले दिने’ फर्मुला नै बढि लागू हुन्छ ।

सम्मेलनबाट वर्तमानमा सिंगापुरको ख्याती ह्वात्तै बढाएको छ । दुई नेताले सिंगापुरलाई धन्यवादको पात्र पनि बनाएका थिए ।

भविष्यमा सिंगापुरलाई फाइदा
शिखर सम्मेलनको समाचार प्रकाशन तथा प्रशारण गर्नका लागि संसारभरका २५०० भन्दा बढि सञ्चारकर्मी भेला भएका थिए । धेरैले सिंगापुरसँग खुशी भएको बताएका थिए । अष्ट्रेलियाका पत्रकार नील साइमनले सिंगापुरले आफूलाई आकर्षित गरेको बताएका थिए ।

इन्डोनेसियाबाट आएका पत्रकारहरुको समूहले सिंगापुरको व्यवस्थापनको खुले प्रशंसा गरेका थिए । सम्मेलनबाट सिंगापुरलाई दुरगामी फाइदा पुग्ने देखिन्छ । भोलिका दिनमा उत्तर कोरियाको आर्थिक अवस्था पुनर्निमाण भएको खण्डमा त्यसको जस पनि सिंगापुरले लिने देखिन्छ ।

सिंगापुर एसियाको व्यापारिक केन्द्र बन्दै गएको छ । दुनियाँको लोभलाग्दो केन्द्र पनि हो । सिंगापुरको अर्थतन्त्र बीचमा बसेर काम गर्दा हुने फाइदाबाट चलेको छ । सेवा उद्योगबाट सिंगापुरले धेरै पैसा कमाइरहेको छ ।

५५ लाख जनसंख्या भएको सिंगापुरको प्रतिव्यक्ति आय ८० हजार अमेकिरी डलर छ । यो विकसित देशको भन्दा पनि धेरै हो । सिंगापुरका व्यापारीका अनुसार सरकारले नागरिक भन्दा पनि नयाँ सिप र क्षमतालाई बढावा दिने किसिमका क्रियाकलापमा जोड दिँदै आएको छ । सिंगापुरले दीर्घकालिन फाइदालाई मध्यनजर गरेर आफूलाई अगाडि बढाउँदै आएको छ ।

कुनै दिन उत्तर कोरियाले विदेशी लगानी खुला गर्दा सिंगापुरको कम्पनीलाई धेरै फाइला पुग्नेछ । सिंगापुरले आफ्नो लगानी गर्ने वातावरण निर्माण हुन्छ ।

दुई नेताबीच शिखर सम्मेलन विना कुनै अवरोध सम्पन्न भएको छ । सिंगापुरले यो ऐतिहासिक मौकाको फाइदा भरपुर उठाएको छ । साथै व्यापारको नयाँ मार्ग पनि प्रशस्त गरेको छ ।
बीबीसीबाट

प्रतिकृया

प्रतिकृया