३१ जेठ, रोल्पा । ‘अब तपाईंको कार्यकाल ४ बर्ष बाँकी छ, हामी जनताको सेवा गर्न भनेर राष्ट्रको जिम्मेवारी पूरा गर्न आएका राष्ट्रसेवक कर्मचारी हौ, तपाई सुकिदहलाई भ्रष्टाचारको बाटोतिर लैजादै हुनुहुन्छ, हामी यस्तो काम कदापि हुन दिदैनौ’ – रोल्पाको सुकिदह गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेवत बुढाथोकीले कार्यालयमै अध्यक्ष वीर बहादुर खत्रीलाई झपारे ।

अनेकन बिबादमा मुछिएका गाउँपालिका अध्यक्ष खत्री राम्रो कुरा त कहाँ सहन सक्थे र एक्कासि रिसले चुर भएर कराउन सुरु गरे । केही महिना पहिले उपाध्यक्ष रिता घर्ती संग बिबाद हुदा यीनैले कार्यालयका टिभी तथा अन्य सामाननै तोडफोड गरेका थिए ।

‘शान्तस्वभावका अधिकृतले गाउँपालिका समृद्ध बनाउने योजना ल्याउदा समेत सुन्दैनन्हु, नत किन सुन्थे र खाना पल्कीएकाहरुले’- त्यहाँ एक कर्मचारीले गुनासो गरे । खत्रीले सबै अधिकार आफ्नो हातमा लिन खोज्दा बिबाद हुने गरेको छ ।

केहिदिन अघि अध्यक्ष खत्रीले प्रमुख प्रशासकीय अधिकृतको अधिकार आफ्नो हातमा लिन खोजेपछि अधिकृत बुढाथोकी र वीर बहादुरको झन्डै हात हालाहाल भएको भयो । अध्यक्ष र अधिकृतको झगडाले ठुलै रुप लिन खोजेपछि छेउमै रहेका वडाअध्यक्ष जलेश केसीले हात हालाहालको अबस्थालाई साम्य पारेको सुकिदह गाउँपालिका श्रोतको दाबी छ ।

गाउँपालिकामा हुने बिकासे कामहरुमा आफु निकटका मान्छेहरुलाई अध्यक्ष खत्रीले जिम्मेवारी दिन खाजेपछि कर्मचारीहरुले त्यसको बिरोध गरे । कार्यालयका एक कर्मचारीका अनुसार वीर बहादुरले बाटो खन्ने नाममा लाखौं रकम कुमल्याएको आरोप लगाए । उनले आफु निकटकालाई १ लाखमै हुने काम ५ लाखमा दिने, काम भने ५० हजार जतिको पनि नगरी भ्रष्टाचार गर्ने गरेको उनको खुलासा छ । काम लिने मान्छे र उनको मिलेमतो भएको उनकै डोजर समेत प्रयोग हुने गरेको बताईन्छ ।

‘अध्यक्षको कार्यशैली गाउँको बिकास भन्दापनि मिलेर खाउ भन्ने तरिकाको छ अनि कसरी बिकास हुन्छ? ‘ उनी निकटकै एक कर्मचारीले भने । ‘हामी आजित भयौ अनि केही दिन त आन्दोलनमै समेत उत्रिएका हौ’ उनले थपे । वीर बहादुरले पेल्न खोज्दा उनीहरुले कामकाज नै ठप्प पारेर आन्दोलन गरेका थिए ।

उनका २ वटा नागरिकता छन् भनेर समेत जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको महिनौ भयो । अहिले सम्म नागरिकता छानबिन कहाँ पुग्यो प्रशासन मौन छ । प्रशासन श्रोतका अनुसार बर्षमान पुनको आडमा छानबिन रोकिएको बुझिन्छ ।

प्रतिकृया

प्रतिकृया