३१ जेष्ठ, काठमाण्डौं । नायक प्रदिप खड्का अभिनित चलचित्र रोजीको छायांकन रोकिएको छ । चलचित्रको छायांकन भैरहँदा विवाद उत्पन्न भएपछि छायांकन रोक्नुपरेको हो ।

यो चलचित्र रोजी महर्जनको हत्याकाण्डमाथि आधारित रहेको भनेर विभिन्न सञ्चारमाध्यमहरुमा आएपछि विवादमा आएको हो ।

चलचित्र आफ्नै छोरीको कहानीमा आधारीत रहेको भन्दै परिवार पक्षले चलचित्रको विरोध गरेका थिए ।

चलचित्र रोजीमा प्रदिप खड्का आफ्नी प्रेमिका मारेको आरोपमा अदालतमा उपस्थित भएको दृश्य खिचिएको छ। जुन रोजी हत्याकाण्डसँग मिल्न गएको रोजीका परिवारले दावी गरेका छन् र चलचित्र नबनाउन आग्रह गरेका छन् ।

चलचित्र पक्षले भने रोजी हत्याकाण्डमा कथा आधारित नभएको बताउँदै आएको छ ।  चलचित्त प्रोडक्सन म्यानेजर बुद्धिलाल मगरले कथा रोजी हत्याकाण्डामा नभएको बताए । उनले आफुहरु गलत नभएको बताउँदै चलचित्र सहमतिमै निर्माण गरिने पनि बताए ।

चलत्रिमा  लेखक केदार भुसालले चलचित्रको कथा लेखेका हुन् भने निर्देशक निरक पौडेलले निर्देशन गरेका छन् ।

चलचित्र विकास बोर्डमा चलचित्र निर्माता पक्ष र रोजीका परिवार बिहिवार छलफलमा थिए ।

‘दिदीले रोकिन भाईको चलचित्र’

विकास बोर्डमा भएको उक्त छलफलमा आगामी बुधबारसम्ममा दुर्वपक्षले चलचित्रको स्क्रिप्ट अध्ययन गर्ने र यदि रोजी हत्याकाण्डमा स्क्रिप्ट नमिलेमा मात्र चलचित्रको छायांकन गर्ने सहमति भएको छ ।

विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले चलचित्रको रोजीको छायांकन रोक्न ठाडो आदेश दिएकी छन् । निर्देशक निरक, अध्यक्ष पौडेलको आफ्नै भाई समेत हुन् ।

प्रतिकृया

प्रतिकृया