३ असार, काठमाडौँ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकबारे विभिन्न असहमति राख्दै विगत ५३ दिनदेखि आमरण अनशनमा बसेका विजय थापाले आज अनशन स्थगित गरेका छन्।

मिसन सिन्धुलीगढी राष्ट्रिय मोर्चा नेपालको भातृ संगठन हाम्रो पार्टी नेपालले आज पत्रकार सम्मेलन गरी शान्तिपूर्ण आन्दोलनले सरकारको ध्यानाकर्षण नभएकाले कडा आन्दोलनमा जान अनशन स्थगित गरेको जानकारी दिएको हो । अनशनरत थापा मिसन सिन्धुलीगढी राष्ट्रिय मोर्चा नेपालको भातृ संगठन हाम्रो पार्टी नेपालका संयोजक छन् ।

मिसन सिन्धुलीगढी राष्ट्रिय मोर्चाका संरक्षक गोविन्द बोहरा ‘बह्माण्ड’ले चिकित्सा विधेयक खारेजीको माग राख्दै अनशन स्थगित भए पनि मोर्चाले अब कडा आन्दोलन गर्ने बताए । प्रा डा गोविन्द केसीको इच्छाअनुसार चिकित्सा शिक्षा विधेयक आएपनि त्यो राष्ट्रको हितमा नरहेकोे उनले आरोप लगाए ।

मोर्चाले नेपालमा चिकित्साशास्त्रको अध्ययन अध्यापनमा कायम सिण्डिकेट खारेज हुनुपर्ने, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई मेडिकल विश्वविद्यालयका रुपमा परिणत गरिनुपर्ने, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ तत्काल खारेज गर्नुपर्ने, सरकार र डा गोविन्द केसीबिच भएका सबै सम्झौता खारेज गर्नुपर्ने, एमबिबिएस, एमडीलगायत उच्च शिक्षाका नेपाली विद्यार्थीलाई चीन, रुस, बंगलादेशलगायत मुलुकमा पढ्न जानुपर्ने बाध्यकारी अवस्था अन्त्य हुनुपर्नेलगायतका आठ बुँदे माग राख्दै आएको छ ।

प्रतिकृया

प्रतिकृया