४ असार, काठमाण्डौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज अपरान्ह बस्दैछ ।

प्रदेश तीनको अस्थायी मुकाम हेटौडामा भोली सुरु हुने जिल्ला सभापतिहरुको भेलाको एजेण्डा, तयारी लगायत बिषयमा छलफल गर्न कांग्रेस केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।

बैठक अपरान्ह चार बजेका लागि बोलाईएको छ । निर्वाचनमा पार्टीले भोगेको पराजयको समीक्षा गर्दै नयाँ रणनीति तय गर्ने उद्धेश्य सहित आन्तरिक छलफलमा जुटेको कांग्रेसको जिल्ला सभापतिहरुको भेला ७ गतेसम्म चल्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठक तथा भेलाका लागि केन्द्रीय पदाधिकारी, सदस्य तथा जिल्ला सभापतिहरु हेटौंडा पुग्ने क्रम जारी छ ।

प्रतिकृया

प्रतिकृया