• प्रमोद खरेल 

चालु विश्वकपमा मेसी र रोनाल्डो का टिम एकैदिन बाहिरीए पछि सामाजिक सन्जालमा विभिन्न टिकाटिप्पणी देखिए। कुनै भनाइ विपक्षमा, कुनै आक्रोश मा , र कुनै चाही अरुबेला फुटबल नै अपडेट नभए पनि विश्वकप लागेर मात्र।

धेरै तिर मेसी र रोनाल्डोका दिन सकिए , उनिहरु अब सक्दैनन, उनिहरु मात्र केहि हैनन ….,आदि।
हो हरेक वर्ष नयॉ र प्रतिभावान खेलाडी जन्मनै पर्छ कुनै शंका छैन । तर यसो भन्दैमा कुनै एउटा कालजयी खेलाडीका हरेक सफलता बिर्सने हो भने अन्याय हुनसक्छ।

फुटबल एउटा टिम गेम हो न कि एक्लैले खेल्ने हो । मेसी ले पहिलै भनेका थिए टिम कमजोर छ र पोर्चुगल मा नाम चलेका थोरै मात्र खेलाडी थिए।

यदि मेसीलाइ ब्राजिल जस्तो टिम र रोनाल्डो लाइ स्पेनको फरवार्ड सम्हाल्न दिउ त कति गोल हाल्दा रैछन। १ महिना मात्र हुदैछ सर्वाधिक गोल गर्दै मेसीले लालिगा मा बार्सा लाइ च्याम्पियन बनाएको र रोनाल्डो ले शानदार रुपले च्याम्पियनस लिग जिताएको यिनै खेलाडी लाइ हराएर। यि दुइ अहिलेका महारथी नै हुन । विश्वकप मात्र सवैथोक हैन । मेसी लाइ मेसी र रोनाल्डो लाइ रोनाल्डो बन्न थोरै पसिना बगेको छैन । विश्वकप बस एउटा प्रतियोगिता हो कुनै राम्रो टिमले जित्छ तर यो कोहि असाधारण खेलाडी जॉच्ने कसि हैन ।

तसर्थ मेसी र रोनाल्डो वर्तमान फुटबलका महारथी थिए , छन् र रहिरहने छन्।

प्रमोद खरेलको फेसबुकबाट:

प्रसंग मेसी र रोनाल्डोचालु विश्वकपमा मेसी र रोनाल्डो का टिम एकैदिन बाहिरीए पछि सामाजिक सन्जालमा विभिन्न टिकाटिप्पणी…

Gepostet von Pramod Kharel am Sonntag, 1. Juli 2018

प्रतिकृया

प्रतिकृया