१८ असार, काठमाडौ । बाँकेको बैजनाथ गाउँपालिकामा नालामा डुबेर एकजनाको मृत्यु भएको छ । एकजना बेपत्ता भएका छन् ।

वैजनाथ- ५ दलिपुर नालामा पौडी खेल्ने क्रममा डुबेर ३५ वर्षे लोकबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक एसपी टेकबहादुर तामाङले जानकारी दिए ।

यस्तै वैजनाथ गाउँपालिका-३ मा रहेको जेठीनाला तर्ने क्रममा बगेर सोही ठाउँका ६५ वर्षका तुलबहादुर बुढा बेपत्ता भएको एसपी तामाङले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया