२९ असार, काठमाडौं । जुम्लामा आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको समर्थनमा आन्दोलनमा उत्रेका चिकित्सकहरुले माइतीघर मण्डलामा ओपीडी सेवा सञ्चालन गरेका छन् ।

आकस्मिक बाहेकका सेवा ठप्प पा्रेका वीर अस्पताल तथा टिचिङ अस्पतालका रेजिडेन्ट डाक्टरहरुले विरोधस्वरुप मण्डलामा ओपीडी चलाएका हुन् ।

नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडीए) को आह्वानमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् ।

अनशनरत डा. केसीका माग सुनुवाइ गर्न सरकारले चासो नदिएको र जीवन रक्षाका लागिसमेत संवेदनशील नभएको भन्दै एनआरडीएले सेवा ठप्प पार्ने निर्णय गरेको हो ।

प्रतिकृया

प्रतिकृया