प्रतिमाको सम्झनामा भानु बाजे

अक्षरहरु अपाङ्ग भइसके
रामायणका मौलिक स्लोकहरु
घाँसीको कुवा हराएझैँ हराइरहेछ्न्
जम्मा जम्मी तिम्रो स्मरणममा कहीँ कतै
रङ रोगन उडी सकेको प्रतिमामा
ओइलिएको माला पहिरिनु बाहेक
कुनै सम्मान हुन सकेको छैन बाजे
जयन्तीको दिन तिम्रै शिरमा बसेर
कौवाले खबरको सन्देश बोल्दा
बोजुहरुले सुबोल भन्न बिर्सिसके
लेग्रो तानेर रामायण गाउने हजुरबाहरु
घरको झर्कोले छोरा नातिहरुले
वृद्धालयमा थन्क्याइसके।
जसरी थन्क्याइको छ रामायण
प…..र देशका सङ्ग्राहलयमा ॥
श्लोकहरु खिया लागेर
पनाति पुस्तामा आइपुग्दा
आधा अङ्ग्रेजी आधा हिन्दी र आधा नेपालीमा
हाइब्रेडिकरण भैसकेछन ।
बाजे !
आजकाल रामायणको देशमा
न घाँसी भेटन्छ्न न कुवा खन्ने नै
हँसिया समाउने उहिल्यै
आफ्नै जिउ ज्यान धरौटी राखेर
खाडीमा मेसिन समाउन पुगे ।
कुवा खन्नेहरु झनै पहिले
धराप र बम बिछ्याउने
खाल्डा खन्न लागे ।
रामायणका नाममा एक खिली
श्लोक पनि गाइन्न्न गाउँमा
लाग्छ,
गाउँमा चिन्दैन्न बाजे र रामायणलाई
गाउँ मात्र होइन,सहरमा पनि
तिम्रो प्रतिमा बिर्सियो देशले
तिम्रो काव्य कला बिर्सिए साक्षरहरुले
त्यसैले बाजे!
रामायणकै देशबाट श्रद्धा सुमन !
श्रद्धा सुमन घाँसी र कुवा!
श्रद्धा सुमन बाजे!
श्रद्धा सुमन रामायण !

  • आर पी गाउँले

प्रतिकृया

प्रतिकृया