गजल

चिन्ता नगर ठुले म छदै छु नि
भन्यो तिम्रो मुटुले म छदै छु नि

लगाए हुन्छ दिलमा भोटे ताल्चा
केही गरि नखुले म छदै छु नि

साथ चाहिएको बेला चाहिँ एक्लो भैन्छ
भन्न त भन्छन् भन्नेहरुले म छदै छु नि

एक्लो भएँ भनी गुनासो गर्दै थिएँ
झर्दै भन्यो आँसुले म छदै छु नि

साथीलाई दुश्मन चिनाएँ,ऊ झोक्किदै बोल्यो
म काल हुँ,त्यसलाई मेरो सामुले म छदै छु नि

  • संरक्षण रुपक

प्रतिकृया

प्रतिकृया