• अपेक्षा ढकाल

मैले किताब पढिसकेको भए पनि मेरो परीक्षाको कारण यसबारे लेख्ने मौका मिलेको थिएन । परीक्षा सकिएपछि सबैभन्दा पहिले ‘नयाँ वर्षको उपहार’ हातमा खेलाउँदै यसबारे केही लेख्ने सुर गरेँ ।मैले धेरै साहित्यकारहरूको किताब पढे पनि ‘नयाँ वर्षको उपहार’ कौशिला रिसाल अर्थात् मेरी अमाद्वारा लेखिएको हुनाले पनि यस पुस्तकप्रति मेरो छुट्टै भावनात्मक नाता गाँसिएको छ ।

नयाँ वर्षको उपहार विशेष गरी ८÷९ वर्षदेखि १५÷१६ वर्षका बालबालिकालाई लक्षित गरी लेखिएको बालकथा सङ्ग्रह हो । यस बालकथा सङ्ग्रहमा १५ वटा कथाहरू केही न केही सन्देशहरू बोकेर आएका छन् । एउटै कथामा समस्या र समाधान दुबै फेला पार्न सकिन्छ ।

कथा सङ्ग्रहको प्रमुख आकर्षण नयाँ वर्षको उपहार कथा नै रहेको छ । जुन किताबको नाम पनि ‘नयाँ वर्षको उपहार’ नै रहेको छ । यस कथामा विशेष रूपमा छोराछोरीको आमा बुबाप्रतिको कर्तव्यलाई उजागर गर्न खोजिएको छ । त्यति धेरै माया गरेर हुर्काएका छोराछोरीले पछि बुद्धाश्रममा लगेर छोडिदिदाको पीडा शब्दमा व्यक्त गर्न सकिदैन ।

नयाँ वर्षको उपहार लगायत यस बाल कथा सङ्ग्रहमा हजुरआमाको अर्ती, हामी कमजोर छैनौँ, बचाएर चलाउने तरिका, घैँटेले माफी माग्यो, भावनाको नाता, जङ्क फुड,, म अनि हामी, सरले स्कुल छोड्नुभयो, चौताराले बोलाएको छ, प्रतिभाको खोजी, बाटाघरकी हजुरआमा बोक्सी होइनन्, हराएको देवु, हामी पनि सचेत छौा र ज्ञानको ज्योति कथा रहेका छन् ।

‘हजुरआमाको अर्ती’ कथामा हजुरआमाले आफ्नी नातिनीलाई जैविक चक्रका बारेमा जानकारी दिनुका साथै आफ्नो व्यक्तिगत सरसफाइ तथा हेरचाहा गर्ने प्रेरणा दिएकी छन् । त्यसै गरी हामी कमजोर छैनौँ कथाले शारीरिक अपाङ्गता भएका व्यक्ति पनि शारीरिक रूपमा सबल हुनेभन्दा केही कम छैनन् भन्ने सन्देश दिएको छ ।

सम्पूर्ण कथाहरूमध्ये मलाई सबैभन्दा मन परेको कथा भने भावनाको नाता रहेको छ । यस कथामा रगतको नाताभन्दा पनि भावनाको नाता गहिरो हुन्छ भन्ने सन्देश रहेको छ । यस कथामा दिदी बहिनी नहुनुको पीडाले एक बालकको मनोविज्ञानमा समेत असर परेको छ । उसको मनोविज्ञानलाई बुझेर कक्षा शिक्षिकाले भाइटिका लगाइदिने निधो गरेपछि भने ऊ औधि खुसी भएको छ ।

अरुलेझैँ निधारमा सप्तरङ्गी टिकाले सजिएपछि यस कथाको प्रमुख पात्र कपिलको तिहारले सार्थकता पाएको छ । यस कथामा भावनात्मक सम्बन्धलाई जोड दिइएको हुँदा यो मेरो सबैभन्दा मनपर्ने कथा बनेको हो ।यसै कथा सङ्ग्रहमा रहेको बचाएर चलाउने तरिका भन्ने कथाले आफूसँग भएका पैसाहरू अनावश्यक रूपमा खर्च गर्नुभन्दा बचत गर्न आह्वान गरिएको छ । घैँटेले माफ माग्यो कथा एउटा चकचके बाँदरको हो । जो एकदिन आफ्नो चकचकेपनको कारण सङ्कटमा परेपछि आफ्नो गल्तिहरूको लागि आफ्ना आमा बासँग माफ मागेको छ ।

कथाको क्रम अघि बढ्दै जाँदा जङ्क फुड कथामा जङ्क फुडले गर्ने असरहरू र त्यसले जीवनमा ल्याउने सङ्कटको बारेमा बताइएको छ ।त्यस्तै म अनि हामी कथामा बालबालिकाले वातावरणलाई सफा राख्न गरेको राम्रो काम उल्लेख गरिएको छ । साथै वातावरण सफा राख्न पनि प्रेरित गरिएको छ । सरले स्कुल छोड्नुभयो कथामा भने विद्यालयमा नै छात्राहरूले आफूलाई पढाउने शिक्षकबाट समेत असुरक्षित महसुस गरेको प्रष्ट देखिन्छ । तर छात्राहरू पनि यसका बिरुद्ध सचेत रूपमा लागि परेका छन् । यस कथाले यस किसिमका यौनदुव्र्यवहार भएमा दबेर नबस्न छात्राहरूलाई प्रेरणा दिनेछ ।

‘चौताराले बोलाएका्े छ’ कथाले आफ्नो गाउँ, ठाउँ हाम्रो लागि निकै महत्वपूर्ण छन् र सामाजिक स्थललाई सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई बचाउनु हाम्रो कर्तव्य हो भन्ने सन्देश प्रस्तुत गरिएको छ ।शिलशिलाबद्ध रूपमा कथा पढ्दै जाँदा प्रतिभाको खोजी कथामा सबै मानिसहरूमा फरक फरक खुबी रहेको हुन्छ तर आफ्नो प्रतिभालाई जानेर अघि बढ्नुपर्छ भन्ने सन्देश दिइएको छ । बाटाघरकी हजुरआमा बोक्सी होइनन् कथाले सामाजिक कुरितीका बिरुद्ध बोलेको छ ।

हराएको देबु कथामा सहरीया रमझममा आकर्षित भएर सहर भित्रिएका बालक पछि पछुताउँदै आफ्नो गाउँठाउँमा फर्किएको छ । हामी सचेत छौँ कथामा बालबालिका कुलतमा फस्नुको कारण तिनीहरू मात्र नएर आमा, बुा पनि हुन्छन् भन्ने सन्देश बोकोको छ ।यस सङ्ग्रहको अन्तिम कथा ज्ञानको ज्योतिमा पढाइ मानिसको जीवनको लागि महत्वपूर्ण भएको र यसले धनीलाई गरीब र गरीबलाई धनी बनाउने सामथ्र्य राख्छ भन्ने सन्देश बोकको छ ।

यिनै कथाहरूले कथासङ्ग्रहलाई पूर्ण बनाएका छन् । यसभित्रका कथा बालबालिकालाई सत्मार्गतर्फ लाग्न प्रेरित गर्ने कथाहरू बनेका छन् । विशेष गरी ८देखि १६ वर्षसम्मका बालबालिकालाई यो किताब पढ्न म अनुरोध गर्दछु ।

प्रतिकृया

प्रतिकृया