गजल
दम ले आमाको छाती फुलेको धेरै भयो!!
रोग ले बाबुको आँखा न खुलेको धेरै भयो!!

छोरो परदेशी बन्यो छोरी पराई बनिन
दुई ले यी बुढा बा आमा भुलेको धेरै भयो !!

अनेक फल्थे फुल्थे तगडा हुदा हात गोडा
खेत बारिमा दुबो सिरु झुलेको धेरै भयो!!

आत भिज्नेगृरि पानी पिलाउने कोहि छैन
घरमा भोकप्यास गरिबी चुलेको धेरै भयो!!

हिरिक हिरिक श्वास अलिकती बाकी छ
काल दुईको वरिपरि डुलेको धेरै भयो!!

सुरेश कार्की निषाद

थाहानगरबासी दामन मकवानपुर
हाल काठमाडौं नेपाल

प्रतिकृया

प्रतिकृया