८ साउन, काठमाडौं । ‘नाई नभन्नु ल ५’को शिर्ष गीत सार्वजनिक भएको छ ।

आज कार्यक्रमको आयोजना गरि चलचित्रको शिर्ष गीत सार्वजनिक गरिएको हो ।

मेलिना राइको स्वर, दिनेश थपलियाको शब्द, बसन्त सापकोटाको संगीत रहेको गीतले दर्शकको मन जित्न सक्छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायिका स्वस्तिमा खड्का र नव(नायक अभिषेक नेपाललाई फिचरिङ गरिएको छ ।

गीतमा मेलिनाको स्वर गज्जबको छ । उनको स्वरको जादुले गीतमा मिठास भरेको छ । शब्द र संगीत पनि उत्कृष्ट छ । तर, चलचित्रको यो गीतको भिडियो औषत छ । गीत अनुसार भिडियोको मेकिङ कमजोर लाग्छ । गीत मात्र हेरेर नव-नायक नेपालको कामको मुल्यांकन गर्न गाह्रो छ । आफ्नो करिअरमा नायिका स्वस्तिमा खड्काले अर्को एउटा मन छुने गीत पाएकी छिन् ।

विकासराज आचार्यले निर्देशन गरेको यो चलचित्रमा दिलिप रायमाझी, निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, अनुभव रेग्मी, सेड्रिना शर्माको मुख्य भूमिका छ । सामिप्यराज तिमिल्सिना र विकासराज आचार्यले यो चलचित्रको कथा लेखेका हुन् । चलचित्र भदौ ८ गतेबाट रिलिज हुँदैछ ।

प्रतिकृया

प्रतिकृया