८ साउन, काठमाडौं । फिल्म ‘कथा काठमाण्डौं’को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। प्रदीप बास्तोलाको शब्द तथा संगीतमा फिल्मको ईन्दिरा ‘रातको कुरा सार्वजनिक’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो।

जोशीको स्वर रहेको गीतको भिडियोमा प्रमोद अग्रहरी र प्रियंका कार्की फिचर्ड छन्। असोज १२ मा रिलिज हुने फिल्मले काठमाडौं रहेका भिन्नभिन्न पात्रको कथालाई समेटेको छ। फिल्ममा प्रियंका र प्रमोदसँगै आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षाअधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ।

आहाना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा विजय राइको लगानी छ। फिल्ममा गायिका ईन्दिरा पनि विशेष भूमिकामा देखिंदैछिन्। फिल्ममा लुजा सिंहको छायाँकन र मित्र गुरुङको सम्पादन रहेको छ। फिल्मलाई संगीता श्रेष्ठले निर्देशन गरेकी हुन्।

प्रतिकृया

प्रतिकृया