१५ साउन । विभिन्न कारणले ५० लाख नेपालीहरु विदेशिनु परेको छ । यही मेसोमा यूरोपेली मुलुक लम्जम्बर्गको हिल्टन होटलमा बसेर गैरआवासीय नेपालीहरुले नेपाल सरकारका मन्त्री, राजनीतिक दलका नेता र सांसदहरु माझ विदेशिनुको पीडा र आफ्ना समस्याका फेहरिस्थ प्रस्तुत गरे ।

लाखौं नेपालीहरु विदेशिनु पर्नाको बाध्यताबारे चर्को बहस भयो । कतिपयले अवसरको खोजीमा माइग्रेसन हुनुलाई स्वाभाविक ढंगले व्याख्या गरे । तर, विदेश पुग्ने क्रममा हुने मानव तस्करीका घटना, दुव्र्यवहार लगायत अमानवीय घटनाहरु रोक्न राज्य सचेत हुनुपर्नेमा सबैको जोड रह्यो ।

एनआरएनएको ११ औं युरोपेली बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली प्रमुख अतिथिका रुपमा सहभागी भए पनि माइग्रेसन सम्बन्धी सेसनका लागि भने उनी ड्यासमा थिएनन् । तर, पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई र सांसद रामकुमारी झाँक्रीले गैरआवासीय नेपालीहरुका समस्याबारे राज्यका तर्फबाट जवाफ दिएको अनुभूति दिलाए ।

युरोपमा बढ्दो मानवतस्करी, मध्यपूर्व र खाडी मुलकहरुमा महिलाका समस्याबारे बहस हुँदा समस्याहरु छताछुल्ल पोखिए । एनआरएनए महिला संयोजक रजनी प्रधानले खाडीका महिलाहरुले भोगेका पीडा र समस्याहरु सुनाइन् । उनले बीचैमा महिलाहरु अलपत्र पर्ने गरेका घटनाहरु प्रस्तुत गरेकी थिइन् । महिलाका पीडा सुन्दा सहभागीहरु केही भावुक देखिन्थे ।

प्रतिकृया

प्रतिकृया