आउदो ४ दिन भारतबाट १२० मेगावाट बिजुली आयात बन्द हुनेभएपछि उद्योग क्षेत्रमा लोडसेडिङ हुने भएको छ ।

क्षमता विस्तारका लागि लाइनको सुध्रिढीकरणको काम गर्न सोमबारदेखि बिहीबारसम्म ढल्केबर मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइनबाट बिजुली आयात बन्द हुने भएको हो । अन्तरदेशिय प्रसारणलाइनलाई २२० केभी क्षमता बनाउन भारततर्फ केही प्रविधिक काम गर्नुपर्ने भएपछि १२० मेगावाट बिजुली आयात बन्द हुन लागेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । औद्योगिक क्षेत्रमा लोडसेडिङ हुने संभावना रहेको प्राधिकरणले जानकार दिएको छ ।

सो प्रसारणलाइन २२० केभी क्षमतामा गएपछि थप १५० मेगावाट बिजुली आदनप्रदान गर्न सकिने प्राधिकरणको भनाई छ । २२० केभीमा स्तरोन्नोतीपछि ३०० मेगावाटसम्म बिजुली आदनप्रदान गर्न सकिने छ । धनुषाका ढल्केबरमा रहेको सवस्टेशनलाई २२० केभीमा स्तरोन्नोती भइसकेको छ । लोडसेडिङ हटाउन भारतबाट ५०० मेगावाटसम्म बिजुली आयात भइरहेको छ ।

आगामी १ वर्षमा सो प्रसारणलाइनलाई ४०० केभी क्षमतामा स्तरोन्नोती सम्पन्न हुने छ । यसपछि १ हजार मेगावाट बिजुली आयात र निर्यात गर्न बाटो खुला हुनेछ । हालसम्म सो प्रसारणलाइन १३२ केभीमा सञ्चालन हुदै आएको छ ।

प्रतिकृया

प्रतिकृया