२६ श्रावण, काठमाण्डौ– हिन्दू जागरण नेपालको आयोजनामा सनातन विद्वत परिषद्ले शनिबार पाशुपतक्षेत्रमा १३ दिन नै मृत्यु संस्कार भएको किटानीसाथ पुस्तक विमोचन गरेको छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रका प्रबुद्ध वर्गका झण्डै सयजनाको उपस्थितिमा ‘सनातन धर्ममा अन्त्येष्टि संस्कार १३ दिन नै’ पुस्तक विमोचन भएको हो ।

वनकालीस्थित सुमार्गी भवनमा भएको कार्यक्रममा प्रमुख अतिथि जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले पछिल्लोसमय ३, ५ र ७ दिने किरियाको बारेमा भएको वहसबाट विवाद सिर्जना भएको भन्दै शास्त्रार्थ गरेर टुंगो लगाउनुपर्ने बताए । उनले ५ दिने किरियाका पक्षधरहरुसँग शास्त्रसम्वत तर्क गर्न माग गरेका छन् ।

‘हिन्दु धर्मावलम्बीलाई भ्रममा पारिएको छ, पाँचदिने भन्नेहरुका तर्फबाट १० र १३ दिने भन्नेहरुका तर्फबाट १० विद्धान राखौं, विश्वभरले देख्ने गरी प्रत्यक्ष प्रसारण गर्दै शास्त्रार्थ गरौं । यसले अन्त्येष्टि संस्कारबारेको भ्रम चिर्नेछ,’ उनले भने ।

साथै, उनले नेपाल एक वैदिकराष्ट्रको केन्द्र भएको र प्राचीनकालमा समेत कुनै विषय विवादमा पर्दा शास्त्रार्थ गरेर टुङ्ग्याउँदै आएको कुरा स्मरण गर्दै यो विषय पनि एक घण्टामा टुङ्गिने बताए । तर उनले एक घण्टामा टुङ्गिने विषयलाई किन मौन रहेको प्रश्न गरेका थिए ।

विमोचन कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले पाँचदिने किरियाको बारेमा पक्षधरहरुले पुस्तक निकालेर अशास्त्रीय ढङ्गबाट जनमानसमा भ्रम सिर्जना गरेको भन्दै असन्तुष्टि जनाएका थिए । प्रा. डा. गौतमले वैदिक धर्मसंस्कारका बारेमा छरिएका भ्रम निवारणार्थ पुस्तक प्रकाशन गरिएको बताए । उनले प्रकाशित कृतिले मृतकको गति, मुक्ति, पुत्रादि एवं घरपरिवारको कल्याणका लागि पहिलो दिनदेखि दसौं दिनसम्म नित्यरुपमा पिण्डदान एवं जलदान गरिरहनुपर्ने शास्त्रीय व्यवस्था रहेको जानकारी दिएका छन् ।

त्यस्तैगरी दस दिनसम्म दस पिण्ड दिएर ११औं दिनका कृत्यहरु आद्यमासिक, आद्याब्दिक, मासिक अपकर्ष, घटदान आदि गर्नयोग्य हुन्छ भनिएकाले ११ र १२ औं दिनलाई घटाएर तीन र चारदिन गर्न नमिल्ने विद्धानहरुले जिकिर गरेका छन् ।

कार्यक्रममा जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य, आचार्य पूर्णचन्द्र ढुंगेल, स्वामी रमणानन्द गिरी, स्वामी ज्ञानानन्द सरस्वती, स्वामी आत्मानन्द देवराज आचार्य, प्रा. डा. वेणीमाधव ढकाल, प्रा. डा. माधवप्रसाद भट्टराई, डा. लोकराज पौडेल, नीलप्रसाद भण्डारी, प्रा. डा. रामचन्द्र गौतम, प्रा. डा. दीर्घराज घिमिरे, प्रा. डा ऋषिराम पोखरेल, प्रा. डा. साम्बराज आचार्य, प्रा. डा. उमाकान्त शर्मा पौड्याल, प्रा. डा. देवमणि भट्टराई, प्रा. डा. आनन्दप्रसाद घिमिरे, सह–प्राध्यापकद्वउ डा. पुरुषोत्तम भट्टराई, सूर्यप्रसाद ढुङ्गेल र डा. गुरुप्रसाद सुवेदी र पण्डित वेदमणि रेग्मी, डा. गोविन्दशरण उपाध्याय, पण्डित रामकृष्ण उपाध्याय र चैतन्य कृष्णको उपस्थिति थियो । कार्यक्रम सञ्चालन– प्रा. डा. माधवप्रसाद पाण्डेयले गरेका थिए ।

त्यस्तै कार्यक्रमको सभापतित्व आचार्य पूर्णचन्द्र ढुङ्गेलले गरेका थिए । त्यस्तैगरी कार्यक्रममा राष्ट्रिय साँस्वृmतिकका पूर्वकार्यकारी प्रा. डा. जगमान गुरुङ्ग, नेपाल संस्कृत विश्वविद्यालयका प्राचार्य, विश्वज्योतिष महासङ्घ, विभिन्न पठका प्रतिनिधि, पुरोहित सङ्घ, कर्मकाण्ठ महासङ्घ, राष्ट्रयोगी नरहरिनाथ ट्रष्ट तथा विश्वहिन्दू महासङ्घका प्रतिनिधिहरुको उपस्थिति थियो ।

प्रतिकृया

प्रतिकृया