७ करोड रुपैयाँ चन्दा चन्दा प्रकरणमा हिरासतमा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) रिहाको माग गर्दै अदालतमा बन्दी प्रत्यक्षिकरण रिट परेको छ । उनको खातामा अहिले पनि २ करोड रुपैयाँ देखिएको छ ।गत बुधवार चन्दा लिएको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको थियो। आइतवार थप दुई दिन थुनामा राख्न अदालतले म्याद दिएको छ।

नरेन्द्रबहादुर सिंह विकले आइतवार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी परिसर काठमाडौंलाई विपक्षी बनाएर रिट दायर भएको छ।

२०६८ सालमा झलनाथ खनाल प्रधानमन्त्री रहँदा पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसमेत रहेका विकलाई काठमाडौंबाट समातिएको हो। चुनावअघिदेखि नै अर्ध भूमिगत रहँदै आएको यो पार्टी २०७० पुसमा तत्कालीन नेकपा – माओवादी (मोहन वैद्य किरण समूह)बाट फुटेको थियो।

प्रतिकृया

प्रतिकृया